सोमबार, असार २९ २०७७
काठमाडौं १६:५९
वासिङटन डिसी 07:14

‘चारखुट्टे सन्तान’को डरलाग्दो आक्रमणवाट महिलाको मृत्यु

इनेप्लिज २०७७ जेठ ११ गते १५:४९ मा प्रकाशित

कुकुरप्रेमीहरुका लागि नराम्रो समाचार सार्वजनिक भएको छ । सिकागोको उत्तर पश्चिममा रहेको लेक काउन्टी निवासी कुकुरप्रेमी ५२ वर्षीया लिसा उर्सोलाई उनको ‘फ्रेन्च वुलडग मिक्स’ जातको कुकुरले टोकेर मारेको छ ।

लिसा कुकुरलाई यति प्यारो गर्थिन कि उनी कुकुरलाई चार खुट्टा भएको सन्तान भन्ने गर्थिन । उनले आफ्नो जन्मदिनमा कुकुरको उद्धारमा काम गर्ने संस्थाहरुलाई दान दिन आफन्तहरुलाई आग्रह गर्ने गर्थिन तर अन्तत उनको मृत्यु कुकुरको आक्रमणवाट भएको छ ।

उनी सांच्चिकै महान मान्छे थिइन, उनकी २५ वर्षीय साथी जेनी पिटले सीएनएनसंग भनेकी छिन्, उनले आफ्ना जनावरलाई सवैभन्दा माथि राखेकी थिइन र चार खुट्टा भएका सन्तान भन्थिन ।

उनी घरको पछाडि अचेत अवस्थामा फेला परेकी थिइन् र उनको शरिरभरी कुकुरले टोकेका चोटहरु थिए, स्थानीय प्रहरीले भनेको छ, उनको निधन कुकुरको टोकाइवाट भएको प्रष्ट छ, अन्य दुविधा छैन ।

अझैपनि अटोप्सी रिपोर्ट भने आएको छैन ।

उनको घरमा तीनवटा कुकुरहरु थिए, व्लु नामक ५५ पाउन्डको दुइ वर्षीय फ्रेन्च वुलडग मिक्स, रोको नामक ३६पाउण्डको फ्रेन्च वुलडग र स्पाइक नामक २५ पाउण्डको १५ वर्षको कोली मिक्स । ती कुकुरहरु भने स्वस्थ अवस्थामा पाइएका थिए । लिसालाई आक्रमण गरेर हत्या गर्ने कुकुर व्लुले यसअघि उनको व्वाइफ्रेन्डलाई समेत अप्रिल १३ र अप्रिल २१ मा टोकेको थियो ।

सो आक्रमणपछि व्लुलाई घरमा नै क्वारेन्टाइनमा राखिएको थियो र पछि जनावर संरक्षण तथा नियन्त्रण केन्द्रमा १० राखिएको थियो । सो दश दिनमा आक्रामक व्यवहार नदेखाएपछि पुन घर फर्काइएको थियो ।

रोको र स्पाइकलाई भने अर्को इच्छुक मानिसहरुको घरमा पठाइने भएको छ ।

प्रतिक्रिया