सोमबार, असार २९ २०७७
काठमाडौं १८:३१
वासिङटन डिसी 08:46

कोरोना भाइरस ड्राइभ थ्रु टेष्टिंग आयोजना

इनेप्लिज २०७७ जेठ ११ गते ३:३७ मा प्रकाशित

फेयरफ्याक्समा ड्राइभथ्रु टेष्टिंग सेन्टीली भर्जिनिया फेयरफ्याक्स काउन्टी हेल्थ डिपार्टमेन्टले भर्जिनिया हेल्थ डिपार्टमेन्टसँग मिलेर नोवल कोरोनाभाइरस(कोविद् १९)को ड्राइभथ्रु टेष्टिंग आयोजना गरेको छ ।

आज शनिवार आनन्डेल हाइस्कुलमा बेलुका ६ बजेसम्म गरिएको थियो भने भोलि आइतवार फल्सचर्चको बेलिक्रस स्थित बेलिज इलिमेन्ट्री स्कुलमा आयोजना गरिदैछ । टेष्टिंग विहान १० बजेदेखि नै शुरु गरिदैछ । त्यसमा टेष्ट गर्न इच्छा राख्नेले केहि समयअघि आइदिन स्वास्थ्य अधिकारीहरुले आव्हान गरेको स्थानीय समाचारहरुमा उल्लेख छ ।

जुन स्थानमा धेरै सर्बसाधारण मानिस जोसँग इन्स्योरेन्स छैन र ठूलो संख्यामा संक्रमण देखिएको छ त्यस ठाउँमा स्वास्थ्यकर्मीहरु बसेर यो टेष्टिंगका लागि नमुना लिने गरिएको पनि समाचारमा उल्लेख छ । नर्दन भर्जिनिया राज्यका अन्य स्थानको तुलनामा बढी संक्रमित भएको क्षेत्र हो । यस किसीमको टेष्टिंगमा आफ्नो पूर्ण परिचय खुलाउन आबश्यक छैन । राज्यले काउन्टीसँग मिलेर यस अघि प्रीन्स विलियम र लाउडन काउन्टीमा पनि यस्तै ड्राइभथ्रु टेष्टिंग गरिसकेको छ ।

प्रतिक्रिया