बुधबार, जेठ १४ २०७७
काठमाडौं १२:१९
वासिङटन डिसी 02:34

आर्कन्समा पौडी पोखरी प्रीतिभोज आयोजना गर्दा कैयौ युवाहरु कोभिड-१९ बाट संक्रमित

इनेप्लिज २०७७ जेठ १० गते २३:३१ मा प्रकाशित

अमेरिकाको आर्कन्स राज्यमा पौडी पोखरीमा प्रीतिभोजको आयोजना गर्दा कैयौ युवाहरु कोभिड-१९ बाट संक्रमित भएका छन् । उक्त जानकारी आर्कन्सका गभर्नर एसा हचिनसनले मे २३ शनिबारका दिन दिएका हुन् ।

गभर्नर हचिनसनले उत्तर आर्कन्समा माध्यमिक बिधालय स्तर पौडी प्रितिभोजको आयोजना गर्दा कैयौ मानिसहरु कोभिड-१९ बाट संक्रमित भएको अस्पतालका अधिकारीहरुले जनाएको उनले शनिबार बताए ।

उनले भने म बिश्वस्त छु यस्ले केही हानी गर्दैन भने सबैले सोचे होलान । तिनीहरु सबै युवा छन् । तिनीहरु पौडी खेल्छन । तिनीहरुले क्रियाकलाप गरे फलस्वरूप उनीहरुमा कोभिड-१९ संक्रमित भएको देखियो उनले भने ।

गभर्नर हचिनसनले भने हामी मेमोरियल डे ( स्मारक दिवस )को सप्ताहन्तमा हामी बाहिर आउन चाहन्छौ । हामी आपसमा मनोरन्जन गर्न चाहन्छौ । हामी हाम्रो छुट्टिका दिन सम्झन चाहन्छौ ।

उनले अगाडी भने जसले यो देशको लागि सेवा गरेको छ र देशको सेवाको लागि जीवन बलिदान गरेका छन् । तर हामी सबै सुरक्षित हौ । र यस समयमा हामी अनुशासित हौ हचिनसनले भने ।

गभर्नरले उक्त पौडी पोखरीमा आयोजित प्रितीभोज बारेमा बिस्तृत जानकारी भने दिएनन ।

श्रोत : सिएनएन

प्रतिक्रिया