मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०८:१७
वासिङटन डिसी 22:32

अमेरिकाको यूटहका एक मानिसलाई अनेकौ बालिकाहरुलाई यौन उत्पीड़न गरेकोमा २६ वटा आरोप सहित पक्राउ

इनेप्लिज २०७७ जेठ १० गते १४:३६ मा प्रकाशित

रक्षक नै भक्षक ! अमेरिकाको यूटह राज्यका एक मानिसलाई अनेकौ बालिकाहरुलाई यौन उत्पीड़न गरेकोमा २६ वटा आरोप सहित पक्राउ गरिएको छ ।

आश्चर्यको कुरा के भने उक्त व्यक्ति स्वयम् एक गुठिका संचालक समेत हुन् जस्ले अनुचित फाइदा उठाई बालिकाहरुलाई बर्षौ देखि यौन शोषण गर्दै आएकोमा अन्तत्वगत्वा प्रहरीको फन्दामा परेका छन् ।

यूटह राज्य अन्तर्गत डेविस काउन्टीका उक्त मानिसले कैयौ बर्ष देखि पटक पटक यौन दुर्ब्यबहार गर्दै आएकोले उनलाई २६ वाट आरोप खेप्नु पर्ने भएको छ।

अदालतका कागजात अनुसार ३९ बर्षिय जेसी पाउल मार्फ नाम गरेका ब्यक्ति स्वयम् ट्रस्टी रहेकोले सरल रुपमा १० बर्ष उमेर देखिका बालिकाहरुलाई यौन शोषण र बलात्कार गर्न सफल भएका थिए ।

यति सम्मकि आरोपित उक्त व्यक्तिले बालिका तथा किशोरीहरुलाई जबर्जस्ति अश्लिल चलचित्र हेर्न लगाउथे । त्यति मात्र हैन चलचित्र हेरे पछि अव परीक्षण बेला भन्दै यौन शोषण गर्ने ,बलात्कार गर्ने र चलचित्रमा गरेको जस्तै क्रियाकलाप गराउने गरेको अभियोगमा भनिएको छ ।

उक्त व्यक्तिलाई हेबर नगर प्रहरी विभागले गत बिहिबार मे २१ का दिन राती पक्राउ गरिएको जनाएका छन् । उनि राज्य छोडी भाग्ने सम्भावना रहेकोले डेविस काउन्टीका प्रहरी कार्यालयले हेबर नगर प्रहरी विभागलाई सतर्कता गराएको थियो ।

श्रोत : डब्लुजेएलए डटकम(एबिसी७ )तस्बिर : डेविस काउन्टीका प्रहरी कार्यालय

प्रतिक्रिया