बुधबार, जेठ १४ २०७७
काठमाडौं १७:१९
वासिङटन डिसी 07:34

डा० नारायण धरेल अमेरिका नेपाल मेडिकल फाउन्डेसनको बोर्ड डाईरेक्टर

इनेप्लिज २०७७ जेठ १० गते ११:४६ मा प्रकाशित

 

ईनेप्लीज,

वाशिंगटन डिसी – भर्जिनियाको नेपाली समुदायका लोकप्रिय नेपाली चिकित्सक डा० नारायण धरेल अमेरिका नेपाल मेडिकल फाउन्डेसनको बोर्ड डाईरेक्टर पदमा मनोनित भएका छन्।

भर्जिनियाका डा० मदन उप्रेतीका अनुसार यही मे १७ मा सम्पन्न अमेरिका नेपाल मेडिकल फाउन्डेसनको बार्षिक साधारण शभाले डा० नारायण धरेललाई बोर्ड डाईरेक्टर पदमा मनोनित गरेको हो।

हेपाटोलोजी तथा ग्यास्टर्योएनटेरोलोजी बिषयमा जापानको टोक्यो बिश्वोबिद्यालयबाट एम० डि० र पि० एच० डी० गरेका डा० धरेल बिश्व स्वास्थ्य संगठन WHO को चिकित्सक र हार्भार्ड बिश्वोबिद्यालयमा प्राध्यापक भएर काम गरिसकेका छन्। हाल : भर्जिनियाको फ्रेडिक्सबर्ग शहरमा चिकित्सक रहेका डा० धरेल अमेरिकामा नेपालीहरुले उपचार नपाएर दु: ख पाउँदा नेपालीहरुलाई सहयोग गर्ने गरेकाले अमेरिकाको नेपाली समुदायमा डा० नारायण धरेल ” लोकप्रिय डाक्टर ” मानिन्छन्।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको नयाँ कार्यसमिती यसप्रकार रहेको छ :

अध्यक्ष : डा० भुपेश खड्का
उपाध्यक्ष : डा० बिनोद खड्का
सचिव : डा० बिष्णु सापकोटा
कोषाध्यक्ष : डा० कल्पना श्रेष्ठ

बोर्ड डाईरेक्टरहरु : डा० नारायण धरेल, डा० मार्भिन ब्रुस्टिन, डा० रिचर्ड काजम्यान, डा० लिवी विल्सन, डा० जुलिया सेफर्डसन्,डा० गणेश चौधरी, डा० दीक्षा धिताल, डा० बिनोद ढुंगाना, डा० दिनेश मैनाली, डा० राजु सेञ्चुरी, डा० चन्द्रप्रसाद चटौत, डा० सुबोध मल्लिक, डा० सन्देश पण्डित, डा० सन्तोष सापकोटा, डा० सुनील शर्मा, डा० प्रकाश थपलिया,डा० दिनेश सुबेदी, डा० अनिल सुवाल।

नव: निर्बाचित अध्यक्ष डा० भुपेश खड्का लगायत नयाँ कार्यसमितीमा रहेका चिकित्सकहरु सबैलाई हार्दिक बधाई छ। यस अघिको कार्यसमितीको अध्यक्षमा डा० सन्तोष सापकोटा थिए।

 

प्रतिक्रिया