बुधबार, जेठ १४ २०७७
काठमाडौं १०:५९
वासिङटन डिसी 01:14

मार्क जुकरबर्ग विश्व कै तेश्रो धनाढ्य व्यक्ति

इनेप्लिज २०७७ जेठ ९ गते २३:०२ मा प्रकाशित

सामाजिक संजाल फेसबुक(मुहार पुस्तिका)का संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी (सिईओ)मार्क जुकरबर्ग विश्व कै तेश्रो धनाढ्य व्यक्ति भएका छन । कोरोना भाइरसको महामारीमा उनि बिश्व कै तेश्रो धनि डलर अर्बपति भएका हुन् ।

कोरोना महामारी को दुई महिना भित्र चमत्कार रुपमा उनले ३० अर्ब डलर कमाएका छन् ।

उनि संग कुल ८७.८ अर्ब डलर सम्पत्ति रहेको छ जसको कारण उनि यस धर्ति कै तेश्रो धनि व्यक्ति भएका हुन् । ब्लुम्बर्गले गत मार्च १७ देखि उनि कूल सम्पत्ति ३० बिलियन (अर्ब) वृद्धि भएको जनाएको छ । जुन बेलामा सन फ्रान्सिस्को क्षेत्रमा मानिसलाई घर मै बस्नु भन्ने आदेश रहेको थियो ।

जुन बेला अमेरिकामा केवल १०० जना को मृत्यु भएको थियो भने अहिले आजका मिति सम्म ९५ हजार अमेरिकनहरुको कोरोना भाइरसबाट ज्यान गएको छ ।

यस्तो अवस्थामा पनि फेसबुकको राम्रो आम्दानी भएको ब्लुम्बर्गले जनाएको छ । प्रथम त्रैमासिकमा मार्क जुकरबर्गको सम्पत्ति ४४ बिलियन(अर्ब)डलरको बजार मुल्यमा पुगेको थियो ।

फेसबुकले वाल स्ट्रिट को अपेक्षा भन्दा पनि राजस्व संकलन र दैनिक सक्रिय प्रयोगकर्ताहरु वृद्धि भएका थिए । २०२० को प्रथम ३ महिनामा १७.७४ बिलियन तथा १.७३ बिलियन प्रयोगकर्ताहरुलाई आकर्षण गर्न सफल भएका थिए ।

https://markets.businessinsider.com/news/stocks/mark-zuckerberg-billionaire-third-richest-since-coronavirus-net-worth-2020-5-1029227681

श्रोत : बिजिनेस इनसाइडर डटकम / तस्बिर :फेसबुक

प्रतिक्रिया