बुधबार, जेठ १४ २०७७
काठमाडौं १२:५७
वासिङटन डिसी 03:12

भर्जिनिया सेन्टरभिलका एक मानिसले अश्लील प्रदर्शन गर्दा पक्राउ

इनेप्लिज २०७७ जेठ ९ गते २०:४२ मा प्रकाशित

भर्जिनिया सेन्टरभिलका एक मानिसले आर्लिंगटनमा अश्लील प्रदर्शन गर्दा उनलाई आर्लिंगटन काउन्टी प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिले गत बिहिबार मे २१ का दिन आर्लिंगटन भर्जिनिया को भर्जिनिया स्क्वाएरमा एक महिलालाई अश्लील प्रदर्शन गर्दा उनलाई पक्राउ गरिएको जनाएका छन् ।

करिव १२:१२ बजे दिउसो क्विनसी स्ट्रिट(गल्ली)मा एक महिलाले गस्तीमा रहेको प्रहरीलाई रोक्ने सङ्केत दिएकी थिइन् । त्यसै बीचमा उक्त व्यक्ति आएर अश्लील प्रदर्शन गर्दै त्यहाबाट बेपत्ता भएका थिए ।

प्रहरीले उनको हुलिया को खोज गर्दै आखिर उनलाई पक्राउ गरि हिरासतमा लिएको छ । आर्लिंगटन काउन्टी प्रहरीले ३० बर्षिय जोसेफ स्किस नामक युवालाई पक्राउ गरिएको र अश्लील प्रदर्शन गरेको आरोप लगाइएको जनाएको छ ।

श्रोत :प्याच डटकम

प्रतिक्रिया