सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा ५०७ पुगे कोरोना संक्रमित

वीरेन्द्र रावल २०७७ जेठ ९ गते २०:४२ मा प्रकाशित


वीरेन्द्र रावल,

धनगढी,जेठ ९ ।कोरोना संक्रमणमा शुन्य स्थानमा पुगेको सुदुरपश्चिम प्रदेशमा फेरी जनतामा निराशा र त्रासको वातावरण सृजना गरिदिएको छ । धनगढी सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको सरस्वती माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ।

यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या १० पुगेको छ भने ५ जना निको भएर घर फर्किसकेका अवस्था छ।

कैलाली, बाँके र मोरङमा गरेर थप २० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार थप २० जनामा संक्रमण देखिएको हो।

सेती प्रादेशिक अस्पताल कैलालीमा परीक्षण गरिएका पाँचजना, बाँकेमा १४ जना र मोरङमा एकजनामा संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ५०७ पुगेको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया