आइतबार, साउन २५ २०७७
काठमाडौं २३:३५
वासिङटन डिसी 13:50

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरतंर नि:शुल्क खाद्यन्न कार्यक्रम फेरि भव्यता का साथ सम्पन्न।

इनेप्लिज २०७७ जेठ ९ गते २०:१७ मा प्रकाशित

न्यु-योर्क अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले तात-तातो खाना पकाएर न्यु-योर्कको ज्याक्सन हाईट्समा अवस्थित फाउण्डेशनको कार्यालय अगाडि वाट निशुल्क वितरण गरेको छ। उक्त खाना वितरण कार्यक्रम न्यु-योर्क शहर को ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्स स्वयम्ले आज बिहिवार, मई २१ को ७ बजे बेलुका बाट सुरु गर्नु भएको ८:१५ सम्म चलेको थियो।

उक्त कार्यक्रम को आयोजना PAYSUSA, NYPD MOS, Muslims Giving Back, Shorefront Coalition, YAMAUSA, Khyber Society of America, DH Care, Innayah Services, Mohamad Bhuiyan र Gyro King सँग सहकार्य गरी निशुल्क वितरण गरेको गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी गराए।

प्रेसिडेन्ट एरिक अडाम्स सँग सहकार्य गर्दै नेपाली लगायत सबै समुदायका २०० जना लाई निशुल्क तात-तातो स्वास्थ्य खाना वितरण गरिएको थियो। प्रेसिडेन्ट एरिक अडाम् एक घण्टा सम्म हामी माझ रहेर यस कार्यक्रमको शोभा बढाइ दिनु भएको थियो।

यसै कार्यक्रममा नेवि सघंका पुर्व केन्द्रीय सदस्य ज्ञानल थापा, रोटरि क्लब अफ न्युयोर्कका अध्यक्ष नवराज के सि, एन आर एन अमेरिका-न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी हरुको पनि उपस्थिति रहेको थीयो।

फाउण्डेशनको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय प्रेम पौडेल र सुर्य सीमखडा र यु.एन.आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त रहेका छन।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्स, ब्रदर अहशान चुक्ताई, ब्रदर दिलिप चौहान र सबै सघं सस्थालाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।

प्रतिक्रिया