पाकिस्तानको विमान दुर्घटनामा १०७ को निधन

इनेप्लिज २०७७ जेठ ९ गते १३:३१ मा प्रकाशित


सेन्टीली भर्जिनिया।पाकिस्तानी एयरलाइन्सको यात्रुबाहक एयरबस आज विहान अमरिकी पूर्वी समय ५ः३० बजे दुर्घटनामा परेर ९९ जना यात्रु र ८ जना चालक दलका सदस्यसहित १०७ जनाको ज्यान गएको छ । पाकिस्तानको लाहोर विमानस्थलबाट उडेको विमान कराचीको जिन्ना अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्नुभन्दा केही क्षेण पूर्व दुर्घँटनामा परेको थियो ।

विमान एयरपोर्ट नजिकैको नमुना बस्तीमा खसेको थियो । विमानमा सवार यात्रुहरुको संख्या भने समाचारहरुमा फरक फरक देखिएको छ । विविसीले ९१ यात्रु सवार रहेको जनाएको थियो । उडान नम्बर पीके ८३०३ को यो विमान कराँची शहरको केवल २ माइलको दूरीमा रहेको नमुना बस्तीमा खसेको थियो । चालकले विमानमा प्राविधिक खराबी अनुभव भएको जानकारी कन्ट्रोल अफिसलाई दिएको केही क्षेणमै विमान दुर्घनामा परेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन । यो विमान एयर बस ए ३२० करिब एक महिनाको लकडाउन पछि उडान भर्न आएको समाचारहरुमा जनाइएको छ ।

विमान खसेको नमुना बस्तीमा भएको क्षतिको तथ्य समाचारहरुमा आइसकेको छैन । यता विश्वभर फैलिरहेको नोवल कोरोनाभाइरस(कोविद १९) प्रभावले जनजीवन अस्तव्यस्त भइरहेको बेला भएको यो विमान दुर्घटनाले पाकिस्तानी जनताले थप शोकको सामना गर्नु परेको छ । यस अघि २०१६ मा ४७ जनाको ज्यान जाने गरी एक विमान दुर्घटना भएको थियो भने २०१२ मा बोइंग ७३७ को विमान दुर्घटना हुदा ६ जना चालक दलसहित १ सय २७ जनाको ज्यान गएको थियो ।

फोटो : विविसी

प्रतिक्रिया