आइतबार, जेठ १८ २०७७
काठमाडौं २२:२३
वासिङटन डिसी 12:38

न्यूजर्सीकि एक महिलाले आफ्नै जीवन-साथी महिलालाई हत्या गरेको आरोपमा टेक्ससमा पक्राउ

इनेप्लिज २०७७ जेठ ९ गते १२:५२ मा प्रकाशित

अमेरिकाको न्यूजर्सी राज्यको ओसियन काउन्टी स्थित ब्रिक उपनगरकि एक महिलाले आफ्नै जीवन-साथी(पार्टनर)लाई हत्या गरेको आरोपमा उनलाई टेक्ससमा पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार उनले आफ्नै पत्नी (सम्भवत समलिंगी)लाई सांघातिक हमला गरि हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

४८ बर्षिय मायरा ग्याभिलानेज एलेक्टस नामक महिलाले न्यूजर्सी स्थित आफ्नै आवास गृहमा गत हप्ता हत्या गरि फरार रहेकी उनलाई टेक्ससमा समातिएको छ ।

उनलाई टेक्सस राज्यको ह्युस्टनमा गत मे २० का दिन पक्राउ गरिएको सूचना ओसन काउन्टी वादी कार्यालय तथा ब्रिक टाउनशिप(उपनगर) प्रहरी द्वारा जारी सयुक्त वक्तब्यमा उक्त कुरा उल्लेख गरिएको छ ।

एलेक्टस न्यूयोर्कबाट टेक्सस हयुसटन यात्री बाहक गाडी(बस)बाट यात्रा गरेकी थिइन् । उनलाई संघिय अनुसन्धान बिभाग(एफबिआई),मार्शल सेवा तथा हयुसटन प्रहरीले बिभागको सयुक्त प्रयासमा पक्राउ गरिएको हो ।

उनले आफनी ३२ बर्षिय पत्नी रेबेका ग्याभीलानेज एलेकटसलाई दुई वटा हतियार प्रयोग गरि हत्या गरेको आरोप लगाईएको छ । रेबेका ग्याभीलानेज एलेकटस आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको शव परीक्षण अनुसार उनलाई बेलनाकार डिब्बा प्रयोग गरि मारिएको ठहर गरिएको छ । अधिकारीहरुले उनलाई हत्या गरिएको ठहर गरेका छन् ।

जस्ले हत्या गरिन उनले अन्तरराष्ट्रिय मातृदिवसमा आफ्नी जीवन-साथीलाई म तिमीलाइ माया गर्छु ,आज ,भोली र सधै भनि स्पानिस भाषामा सामाजिक संजाल (मुहार पुस्तिका)मा लेखेकी थिइन् ।

उनलाई हाल ह्यारिस काउन्टी कारागारमा राखिएको छ भने उनलाई ओसियन काउन्टीमा सुपुर्दगी गर्ने बिषय विचाराधीन रहेको प्रहरीले जनाएका छन् ।

श्रोत :एनबिसी न्युज,तस्बिर :ओसियन काउन्टी वादी कार्यालय

प्रतिक्रिया