मंगलबार, असार २३ २०७७
काठमाडौं ११:४८
वासिङटन डिसी 02:03

जर्जियामा २५ बर्षीय युवा अहमदको हत्या गरेको श्रब्यदृश्य (भिडियो) बनाउने व्यक्ति पनि पक्राउ

इनेप्लिज २०७७ जेठ ९ गते ११:३८ मा प्रकाशित

अमेरिकाको जर्जियाको दक्षिणपूर्वमा २५ बर्षिय अश्वेत अहमद आरबेरीको हत्या गरिएको श्रब्यदृश्य(भिडियो)बनाउने व्यक्तिलाई पनि पक्राउ गरि हत्याको अभियोग लगाईएको छ ।

५० बर्षिय विलियम ब्रायन नामक व्यक्तिले हत्या गरि रहेको श्रब्य दृश्य आफ्नो भ्रमण ध्वनि(मोबाईल)बाट खिची सार्वजनिक गर्दा व्यापक भएको थियो ।

त्यस अघि नै उक्त युवाको हत्यामा संलग्न भनि बाबुछोरालाई पक्राउ गरि हत्याको अभियोग लगाईएको छ ।

विलियमलाई गत बिहिबार जर्जिया अनुसन्धान बिभागले उनलाई अपराधी हत्या र फौजदारी झूटो कैद गर्ने प्रयासको आरोपमा पक्राउ गरेको जनाएको छ । उनले उक्त श्रब्य दृश्य फेब्रुअरी २३ मा ग्लिन काउन्टीमा खिचेका थिए ।

हत्याको आरोपमा भने प्रहरीले गत मे ७ का दिन बाबुछोरा ग्रिगरि तथा ट्राभिस म्याकमाइकललाई पक्राउ गरेको थियो । उक्त २८ सेकेन्डको श्रब्य दृश्यमा मृतक २५ बर्षिय आरबेरी कुदि रहेको जहाँ ३४ बर्षिय ट्राभिस म्याकमाइकल सेतो छोटो ढुवानी ओसार पसार गर्ने माल बाहक गाडी छेउमा सशस्त्र रुपमा र उनका पिता ग्रिगरि म्याकमाइकल गाडी माथि बसेका थिए ।

श्रब्यदृश्य(भिडियो)बनाउने व्यक्ति पनि पक्राउ भए पछि मृतकका बुवाआमाले चिन्ता मुक्त भएका बताएका छन् । मृतक युवाको आमाका अनुसार उनि केवल दौडिदै गर्दा उनलाई आक्रमण गरि हत्या गरिएको उनले संचार माध्यमलाई जानकारी गराएकी थिइन् ।

जर्जियामा हत्याको चौतर्फी बिरोध र प्रदर्शन समेत भए पछि र अनगिन्ती संचार माध्यमले समाचार प्रकाशित गरे पछि प्रहरीले बाबुछोरालाई प्रक्राउ गर्न सफल भएको थियो ।

श्रोत :एबिसी न्युज

तस्बिर कृतज्ञता: अहमद आरबेरी (परिवार)/ जर्जिया प्रहरी

प्रतिक्रिया