आइतबार, जेठ १८ २०७७
काठमाडौं २१:४४
वासिङटन डिसी 11:59

कोरोना संक्रमणका कारण कनेक्टिकटमा एक नेपालीको निधन

इनेप्लिज २०७७ जेठ ९ गते ९:३३ मा प्रकाशित

बाल्टिमोर,अमेरिका,मे २१। कोरोना संक्रमणका कारण कनेक्टिकटमा एक नेपालीको निधन भएको छ। पुर्ख्यौली थलो तनहुँ भएका र हाल पोखरामा बसाई सरेका राज सेन ठकुरीको बुधवार निधन भएको हो। कनेक्टिकटमा कोरोना संक्रमणका कारण निधन हुने ठकुरी पहिलो नेपाली हुन्।

५६ वर्षीय ठकुरी विगत डेढ महिनादेखि अस्पतालमा उपचाररत थिए। कनेक्टिकटमा एक्लै बस्दै आएका ठकुरीको निधनपछि अहिले उनको परिवारसंग सम्पर्क गरी प्रक्रिया अघि बढाइएको जानकारी मेरिल्याण्डका राज्य सांसद (डेलिगेट) ह्यारी भण्डारीले दिएका छन्।

नेपालमा रहँदा ठकुरी राष्ट्रिय भलिवल खेलाडी रहेको उनका सहपाठीले बताएको डेलिगेट भण्डारीले जनाए। यता मेरिल्याण्डमै रहेकी केमिका भण्डारीले आजै आफ्नो फेसबुक स्टाटसमा ठकुरी सन् २००४/००५ मा बाल्टिमोरमा रहेको र पछि कनेक्टिकट सरेको जनाएकी छिन् ।

शाभार :ग्लोब नेपाल https://www.globenepal.com/index.php

प्रतिक्रिया