आइतबार, असोज ११ २०७७
काठमाडौं ०५:३२
वासिङटन डिसी 19:47

जुम वैठकमा भाग लिइरहेका वावुमाथि छुरा प्रहार गरेर छोराद्वारा हत्या

इनेप्लिज २०७७ जेठ ९ गते ३:२० मा प्रकाशित


लंग आइल्याण्ड निवासी एक वावुलाई आफ्नै छोराले छुरा प्रहार गरी हत्या गरेका छन् । जुम वैठकमा लाइभ भइरहेको वेला ड्वीट पावर नामक ती व्यक्तिलाई उनका ३२ वर्षीय छोरा थोमस स्कली पावरले छुरा प्रहार गरेका हुन् ।

लंग आइलेंडको सफोल्क काउन्टी पुलिसले दिएको जानकारी अनुसार, जुम वैठकमा सहभागी अन्य व्यक्तिहरुले छुरा प्रहार गरेको देख्नासाथ प्रहरीलाई खवर गरेका थिए ।

वावुको हत्या गरेर फरार भएका स्कलीलाई प्रहरीले एक घण्टापछि पक्राउ गरेके थियो ।
(स्रोत : सीएनएन)

प्रतिक्रिया