सुजन विकका हत्या आरोपीलाई पक्राउ

इनेप्लिज २०७७ जेठ ८ गते २१:५५ मा प्रकाशित

पोखरामा दुई दिन अगाडि गाडेको अवस्थामा भेटिएको सुजन विकका हत्या आरोपीलाई आज जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।विकको हत्या आरोपमा प्यूठान गौमुखी गाउँपालिका वडा नं ३ डिहिगाउँ घर भएका २१ वर्षका थमन पुन मगर र २३ वर्षका प्रकाश घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो।यही जेठ ३ गतेदेखि हराएका कास्कीको मादी गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका–२७, लेखनाथको अघौँमा बस्दै आएका विकको चार दिनपछि गाडिएको अवस्थामा शव फेला परेको थियो।

प्रहरीका अनुसार बिजुलीको पोल गाड्ने काम गर्ने उनीहरु शनिबार साँझ सँगै म दिरा सेवन गरी घर फर्कने क्रममा विवाद भएपछि ढु ङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले घटनाका विषयमा १० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।सुजनको शव सृजना बहिरा स्कुल नजिकै खेतको कुलो छेउमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको थियो।

यसै विषयमा उनकी आमा संग हामीले कुराकानि गरेका छौ र जिल्ला प्रहरी कार्यलय कास्कीले पत्रकार सम्मेलन गरेर हत्यारा सार्बजनिक गरेको छ हेरौ पत्रकार सम्मेलन मा कास्की प्रहरी प्रमुख एसपि दानबाहदुर कार्की के भन्नुहुन्छ।

भिडीयो सहीत

प्रतिक्रिया