प्रदेश नं १ मा थप सात जना कोभिड–१९ बाट सङक्रमित भएको पुष्टि

मनोज दाहाल २०७७ जेठ ७ गते २२:३० मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,७जेठ।प्रदेश नं. १ मा आज थप सात जनामा कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका पाँच जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका एक र धरानका एक जनालाई कोभिड—१९ पोजेटिभ भएको मुख्यमन्त्री तथामन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । प्रदेशमा आजको थप सहित कोभिड–१९ बाट सङक्रमित हुनेको सङख्या ६६ पुगेको छ।

यसैगरी कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्रबाट आजसम्म २६ जना कोभिड सङ्क्रमितहरु निको भई घर फर्केका सूचना डेस्कले जनाएको छ। प्रदेशमा कोभिड–१९ टेष्ट वृद्धिसंगै सङ्क्रमित सङ्ख्या थपिन थालेको छ। प्रदेशका तीन स्थानबाट थ्रोट स्वाब(पिसिआर) परीक्षण हुदै आएको छ।

प्रदेशमा बुधबारसम्म पिसिआरबाट तीन हजार ७०७ जनाको परीक्षण भएको छ भने आरडीटीबाट नौ हजार ८३७ जनाको विभिन्न जिल्लामा परीक्षण कार्य सम्पन्न भएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया