मेक्सिको शहरमा अपहरणमा परेका १४ जना स्वास्थ्यकर्मीहरुको मेक्सिको प्रहरीद्वारा मुक्त

इनेप्लिज २०७७ जेठ ७ गते १९:१३ मा प्रकाशित

मेक्सिको शहरमा अपहरणमा परेका १४ जना स्वास्थ्यकर्मीहरुलाई मेक्सिको प्रहरीले मुक्त गरेको जनाएको छ ।

कोभिड-१९ को महामारीमा स्वास्थ्यकर्मीहरुलाई बन्धक बनाई राखेका थिए । प्रहरीका अनुसार बन्धक बनाईएका परिवारहरु संग उनीहरुले पैसाको माँग राखेका थिए ।

उक्त शहरका वादी अधिकारीका अनुसार गत मंगलबार अलिक ढिलो समयमा अपहरणमा परेकाहरुको स्थान पहिचान गरिएको र उनीहरुलाई टाकुबाया जिल्लाका दुई पाहुना घर(होटल)मा राखिएको बताए ।

उनीहरुलाई कति समय सम्म त्यहा राखिएको र उनीहरुको परिचय भने दिएका छैनन् । अपहरणकारीहरुले अपहरण गरिएका आफन्त र नातेदार संग अपहरण गरेको र मागिएको पैसा न दिएमा उनीहरुको क्षति पुर्याउने बताएका थिए ।

मंगलबार सम्म मेक्सिकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४,३०० पुगेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

श्रोत : एपी

प्रतिक्रिया