बुधबार, जेठ १४ २०७७
काठमाडौं ०९:५८
वासिङटन डिसी 00:13

भर्जिनिया वुडब्रिज बीच सडकमा रङ्ग पोखिदा १० वटा सवारी साधनहरु दुर्घटनामा

इनेप्लिज २०७७ जेठ ७ गते १८:२० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको वुडब्रिज शहर बीच सडकमा रङ्ग पोखिदा १० वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् ।उक्त घटना वुडब्रिज सडक १ मा भएको हो ।

लामो प्रकारको माल बाहक गाडीले कही लागि रहेको रङ्गको डब्बाहरु बीच सडकमा खसेर पोखिए पछि दुवै तर्फ यातायात बन्द गर्नु परेको थियो । उक्त रङ्ग पोखिए पछि १० औ सवारी साधनहरु दुर्घटनामा परेको प्रहरीले जनाएका छन् ।

भर्जिनिया डिपार्टमेन्ट अफ नर्थन भर्जिनियाका जोखिमपूर्ण पदार्थ दलका सदस्य समुहले उक्त अस्त व्यस्त सडकलाई उद्धार गरि रहेका छन् । अधिकारीहरुले उक्त क्षेत्रमा आवत जावत गर्न आग्रह गर्दै केही समय लाग्ने जनाएका छन् ।

श्रोत : फक्सन्युज५ ,तस्बिरहरु :फक्सन्युज५

प्रतिक्रिया