कलाकार सरोज अधिकारीले अमेरिकाको केन्टकीबाट निकाले …देउराली उकाली चढेर गीत

इनेप्लिज २०७७ जेठ ७ गते १२:५४ मा प्रकाशित

अमेरिकाको केन्टकी राज्यको लेक्जिङ्गटन बस्दै आएका कलाकार सरोज अधिकारीले पुरानो कालजयी गीत देउराली उकाली चढेर ,विजयपुर खोला तरेर सार्वजनिक गरेका छन् । कलाकार सरोज गोपाल बज्राचार्यले गाएको मौलिक गीतलाई कलाकार सरोज अधिकारीले आफ्नो स्वरमा गाउदै युट्युबमा निकालेका हुन् ।

अमेरिकामा करिव दुई महिना देखि घर मै बस्नु पर्ने अवस्थामा उनले केन्टकी राज्य कै आफ्नै घर नजिक उक्त गीत छायांकन गरेका हुन् । उनले सबै नेपाली समुदाय घर मै रहने भएकोले आफ्ना प्रशंसक,दर्शक र नेपाली समुदायलाई यो गीत समर्पित गर्न चाहेको ईनेप्लिजलाई कलाकार अधिकारीले बताए ।

उनले उक्त गीत मे १६ का दिन आफैले निकालेका हुन् ।

गीत सुन्न यहाँ थिच्नु होस् :

प्रतिक्रिया