प्रदेश नं. १ बाट थप आठ जना कोभिड–१९ सङक्रमितहरु निकोभई घरफर्के

मनोज दाहाल २०७७ जेठ ७ गते ९:५५ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ७ जेठ ।प्रदेश नं. १ बाट थप आठ जना कोभिड–१९ बाट सङ्क्रमितहरु निको भई आज घर फर्केका छन्।

कोशी अस्पताल(कोभिड–१९ ) उपचार केन्द्र विराटनगरमा उपचार गराइ निको भई घर फर्कनेहरुमा पाँच भारतीय नागरिक र तीन जना उदयपुर जिल्लाको भुल्केका रहेका छन्।

पूर्व सङक्रमितहरु गत वैशाख ५ र ९ गते उपचारका लागि केन्द्रमा भर्ना भएका थिए केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानवहादुर वस्नेतले जानकारी दिनु भयो।

निको भै घरजानेहरुमा उदयपुरका ४६ वर्षिय मोहम्मद इद्रिस, २८ वर्षीय मोहम्मद साविर, ४० वर्षीय मोहम्मद सनौला र भारतीय नागरिकहरु मोहम्मद साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान,६६ वर्षीय मुस्तकिम र १८ वर्षीय गुड्डु आलम रहेका छन्।

घर फर्केका पाँच जना भारतीय नागरिकलाई विराटनगर –१५ को रानीस्थित मर्कज मस्जिद क्वारेन्टाईमा र उदयपुरका तीन जनालाई भुल्के पठाईएको केन्द्रका अधिकृत बस्नेतले बताउनु भयो।

कोभिड–१९ सङक्रमणवाट निको भै आज घरफर्केका आठ जनासँगै प्रदेशमा निको हुनेको सङख्या २६ पुगेको छ।

धनकुटा जिल्लाका पाँच जना कोभिड–१९ बाट सङ्क्रमितलाई उपचारका लागि आज केन्द्रमा ल्याउने अधिकृत वस्नेतले जानकारी दिनु भयो।

प्रदेशमा कोभिड–१९बाट सङक्रमित हुनेको सङख्या ५९ पुगेको छ भने उपचार केन्द्रमा अहिले २८ जना उपचारार्थ रहेका छन् ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया