काठमाडौंवाट सगरमाथा देखिंदा अमेरिका दंग

इनेप्लिज २०७७ जेठ ७ गते ४:०८ मा प्रकाशित


काठमाडौवाट सगरमाथा देखिएको विषयमा अमेरिका दंग परेको छ ।

नेपाल स्थित अमेरिका दुतावासले हिजो आफ्नो फेसवुक पेजमा नेपाली पोष्टमा छापिएको एक तस्विर राख्दै खुसी व्यक्त गरेको हो ।

अहिलेको समय हामी सबैको लागि निकै कठीन हुँदै गएको भएतापनि लकडाउनको एउटा प्रमुख सकारात्मक पक्ष भनेको सफा हावा र आकाश रहेको छ: सोही कारण केही समयअघि काठमाडौंबाटै सगरमाथा समेत देख्न पाइएको थियो। सोनिया अवाले, जो हाम्रो आइभिएलपी कार्यक्रमको सहभागी समेत हुनुहुन्छ, ले नेपाली टाइम्समा लेख्नुभए जस्तै: काठमाडौंमा वायुको गुणस्तर सुधार सम्भव छ।
नेपालस्थित अमेरिकी मिशन सफा हावाको लागि गरिने विभिन्न अभियानहरूमा निरन्तर सघाउँदै आएको छ।

प्रतिक्रिया