सिमा सबाल

बीरकाजी बस्नेत २०७७ जेठ ७ गते २:०७ मा प्रकाशित

राष्ट्रको सिमाना त्यो राष्ट्रको परिचय पनि हो । नेपाल राष्ट्रको जीबनमा बिभिन्न उतार चढाव आए । यसको सिमाना पुर्खाको रगतको मसिले लेखिएको छ । समुद्र गुप्ताको पालामा तयार गरिएको प्रयागको सिलालेखका अनुसार नेपालको सिमाना कामारु कामाक्ष्य (हालको आसाम क्षेत्र )देखी हालको कास्मिर सम्म भएको उल्लेख छ । अमरकोशमा उल्लेख भए अनुसार बिध्यांचल र हिमालय बिचको भागलाई आर्यब्रत भनिन्छ । त्यस्तै सिन्धु नदी देखी ब्रह्मपुत्र सम्मको भागलाई हिमबतखण्ड भनिन्छ । यसले प्राचिन नेपालको बिशालता लाई जाहेर गर्दछ । रजतरणण्गिमा उल्लेख भए अनुसार कास्मिरका राजा जयपिड नेपालका राजा अरिमुडी सँग लड्न आएका थिए तर उनको फौजलाई कालिगण्डकी नदिको थुनी राखेको पानी खोलिदिएर बगाएको भनिन्छ । राजा मानदेवको पालामा छुट्टीन खोजेका पूर्व र पछिमका सामन्त हरुलाई नियन्त्रणमा लिएको मानिन्छ । अंसुबर्माको पालामा बाह्य छिमेकीको बिस्तार र हस्तछेप रोक्न उत्तर तिर भिर्कुटीको विवाह कुट्निती र दक्षिण तिर असल सम्बन्ध राखी सार्बभौम सत्ता जोगाएको उल्लेख छ । नरेन्द्र देवले तिब्बती सहायताले गुमेको सत्ता फिर्ता लिएको उल्लेख छ । पछी काजी भिम मल्लको समयमा नेपालको उत्तरी सिमाना सिगात्से सम्म पुगेको थियो तर उनले यो कुरा राजालाई जानकारी दिनु अघी नै उनको हत्त्या गरियो । उनकी श्रीमतीले सती जाने बेलामा यो देशको भलो चाहने सबैको यस्तै गती होस् भनेर सराप दिएको भनिन्छ । मल्ल कालमा यो देश पश्चिममा खस राज्य दक्षिणमा डोय राज्य र उपत्यकामा केन्द्र शासित मल्ल राज्य भयो । याद रहोस् खस राज्य अन्तर्गत कैलाश मानसरोबर ,गुंगे देखी गढवाल सम्म पर्दथ्यो । यसरी केन्द्र कमजोर भएको समय पारी बंगालका सुल्तान समसुद्धिनले काठमाडौंमा आक्रमण गरे । त्यती बेला सम्पत्ति लुट्पाट ,आगोलागी र सके जती यहाँ भएका मन्दिर ,मुर्ती तोड्फोड गरेर उनी फर्किए । त्यस्तै दिल्लीका सुल्तान गयासुधिनले सिम्रौन गढ ध्वस्त पारेका हुन । यक्ष्य मल्लको पाला देखी राज्य अंस भाग लागे पछी काठमाडौं उपत्यकानै तीन राज्यमा बिभाजित भयो र अरु थुप्रै भुरे टाकुरे राज्यहरु बने । प्रिथिवी नारायण शाहको एकिकरण अभियानमा पनि बाह्य पक्ष सँग पटक पटक युद्ध गर्नु पर्‍यो देश निर्माण र रक्षाका खातिर । पहिलो त सेन राजाहरुले मागेको सहायतामा मिर काशिवले गुरगिन खांको नेत्त्रित्वमा पठाएको फौजलाई पराजित गर्नु पर्‍यो । त्यस्तै जय प्रकाश मल्लको अनुरोधमा किनलोकको नेत्त्रित्वमा आएको शक्तिसाली अंग्रेजी फौजलाई भीषण युद्धमा सिन्धुली गढीमा हराउनु परेको थियो । उनका छोरा बहादुर शाहले एकिकरण लाई निरन्तरता दिरहेकै समयमा खोटा सिक्का बिबाद्मा उत्तरि छिमेकी तिब्बत् सँग पनि युद्ध लड्नु पर्‍यो । त्यती मात्र नभएर तिब्बतको सहायताको लागि आएको बिशाल चिनिया फौज सँग पनि लड्नु र देश जोगाउनु परेको हो । यसको परिणाम स्वरुप कुत्ती केरुङ आदी बाट तातोपानी सम्म मात्र छेत्राधिकार कायम गरी खुम्चन वाध्य हुनु पर्‍यो।

त्यस्तै कांगडा किल्लामा घेरा मारी रहेको र पाल्पालाई नेपालमा मिलान गरे पछी इस्ट ईन्डिया कम्पनिले बुटवल र स्युराजको बिषयलाई लिएर युद्धको घोषणा गर्‍यो । नेपाल तयार नहुँदै दुई देश बिच भीषण युद्ध भयो । युद्धमा नेपाल पराजित भए पनि नेपालले २ बर्ष सम्म अंग्रेज सँग लड्यो र बिभिन्न मोर्चामा उनिहरुलाई हरायो पनि । यहाँ बिडम्बना के छ भने जसले नेत्रित्व गरेर ब्रिटिश हरुलाई हराए उनिहरुको नाम नै ओझेलमा छ भने बहादुरी पूर्वक लडेर उनिहरुलाई क्षती पुरयाए पनि पराजित कमाण्डर हरु वीर गोर्खाली मानिए । बहादुर शाह जसले नेपालको सिमाना राबी नदी सम्म पुर्याउन योगदान गरे उनलाई न त राष्ट्रिय बिभुती घोषणा गरियो उल्टै षड्यन्त्र पूर्वक यातना दिइ तातो तेल शरीरमा खन्याएर मार्ने काम गरियो । पुर्बिय मोर्चा र तिब्बत बिरुद्ध लडी बहादुरी प्रदर्सन गरेका दामोदर पांडेलाई लुमडिमा काटियो । त्यस्तै सत्तरी बर्षको उमेरमा देश रक्षाको लागि लड्दै गरेर बिरगती प्राप्त गरेका भक्ती थापालाई नै पनि बिभुती बनाइएन । । युद्धमा अंग्रेजलाई हराउने उजिर सिंह थापा ,रणजोर थापा जस्ता नेपाली कमान्डरहरुलाई त राज्यले चिन्दैन पनि । नालापानी जस्तो चर्चित युद्धबाट फर्केका भलभद्र कुबरलाई नै कुनै सम्मान गरियो । उनी निरास हुँदै बिदेशी सेनामा सहभागी बनेर मारिए र अमरसिङ थापालाई अपमान गर्दै गोसाइकुण्डमा फालहालेर आत्माहत्त्या गर्नु पर्ने पारीयो । अंग्रेजको बिरुद्धमा एशियाली एकताको आह्वान गर्ने भिमसेन थापाको अन्त्य कसरी भयो सबैलाई जानकारी नै छ ।

जब देशको लागि लडेकाहरुलाई ब्रिटिश राजदूताबासको योजना र आफ्नो धुर्तताले जङग बहादुरले सखाप पारेर राजकाज हात पारे पछी भने नेपाल अङ्रेजकोअनुकुल हुन पुग्यो । नेपालले अङ्रेजलाई सिपाही बिद्रोहको दमन ,पहिलो विश्वायुद्ध र दोस्रो विश्वायुद्धमा सेना र रकम मार्फत सहयोग गर्‍यो ।

यस्को अर्थ जे जती देशभक्त नेपाली भारदारहरु थिए तिनी हरुलाई निमिट्यान्न पारे पछी त्यसको लाभ उनिहरुले लिन सके । यो क्रम नेपालमा राणा शासन रहेसम्म कायम रह्यो । यधपी राणा हरुले धेरै हद सम्म ब्रिटिशको दबाब बाट देशलाई मुक्त राखेका हुन । जङ बहादुर र चन्द्र सम्सेर बेलायत जांदा दुई देशको समान सम्बन्ध कायम गरी तोपको सलामी सहित राजाकिय सम्मान ग्रहण गरेका हुन । ईतिहासमा चाइना र ईन्डियाको ब्यापार नेपालको बाटो भएर हुने गर्दथ्यो । जब अङ्रेजका अन्बेसक यङ हजब्याण्डले हालको पुर्बोत्तर भारत बाट तिब्बत जाने बाटो पहिल्याउछन र नाका खोल्छन अनी चन्द्र सम्सेर बाट मान्यता लिन्छन त्यस बेला देखी हाल सम्म उत्तर र दक्षिण सँग निरन्तर नेपाल ब्यापार घाटामा गएको छ । त्यस्तै उनलाई दबाब दिएर महाकाली नदिमा सारदा ब्यारेज इस्ट ईन्डिया कम्पनिले निर्माण गर्‍यो । एका तिर सुगौली सन्धी पस्चात नेपाललाई तीन तिरबाट घेरेर घांटी समातेको र आन्तरिक राजनितिमा हस्तछेप गरेको अवस्था छ । जाडो ठाउंबाट आएका अण्ग्रेज हरु कलकत्ताको गर्मी सहन गर्न गार्हो भएको अवस्थामा उत्तर तिर बिदा मनाउन आउँदा हिलस्टेसन देखेर ओडार्लिङ भन्दा दार्जीलिङ नाम रहेको हो । पहिले भुटान प्रबेस गर्ने बिन्दुलाई द्वार भनिन्थ्यो जस्लाई अंण्ग्रेजले उच्चारण गर्न नजानेर डुबर्स भन्न थालेका हुन । त्यस्तै पश्चिममा नैनिताल ,देहरादुन र सिमला पनि अङग्रेज बस्न उपयुक्त हावापानी सहितको हिलस्टेसन हुनाले उनिहरुको गिद्धे दृष्‍टि परेको थियो र लुटेर लगेका हुन । हुनत कानुनी र सन्धी प्राबधान अनुसार सुगौली सन्धी पूर्वको नेपाल कायम गर्न सकिन्छ । यसको लागि दार्जिलिङ मा छुट्टै राज्यको माग गर्ने सुभाश घिसिङले यो क्षेत्र नो म्यान्स ल्यान्ड अर्थात भारतको नभएको र नेपालले दाबी नगरेको भन्दै भारतको सर्बोच्च अदालत रिट दायर गरेका थिए । त्यहाको अदालतले यो कानुनी भन्दा राजनीतिक मामिला भएकाले दुई देशले बार्ता बाट समाधान गर्नु पर्ने फैसला गरिदियो । घिसिङले नेपालका राजा बिरेन्द्र र गिरिजा प्रशाद कोइरालालाई उक्त भुमी फिर्ता लिन पत्र समेत लेखेका थिए । त्यस्तै देहरादुन निवासी गोपाल गुरुङले पनि नेपालको अङ्रेजले हडप्नु अघिको नक्सा बनाएर नेपालका राजालाई बुझाएका थिए । त्यस्तै यता नेपालको तर्फ बाट पनि योगी नरहरी नाथले दाबा पेश गर्नु भएको र पछी फडिन्द्र नेपाल हरुले दाबा गर्नुका साथै नेपालको सर्बोच्च अदालतमा पनि मुद्धा दायर गरिएको थियो । त्यस मुद्धा लाई नेपालको सर्बोच्च अदालतले पनि खारेज गरिदियो।

पश्चिम तिर महाकाली पारी नेपालका राजाले दाबी गर्ने छैनन भन्ने प्राब्धान पछी महाकाली नदी र पूर्वको भुभाग नेपालको बांकी रहन पुग्यो भारत नेपाली नेताको पनि सहयोगका साथ स्वतन्त्र हुन पुग्यो नेहरुले हिमालय भारतको उत्तरी सिमाना हो भने । त्यसको जबाफमा माओले भने कि मैले नेपाली वीर हरु चिनेको छु र नेपाली हिमालहरु पनि चिनेको छु । जहाँ सम्म कालापानिको कुरा छ यो लगायत काठमाडौं कोदारी वा सिक्किमको नाथुला भारतीय हिन्दूहरु कैलाश मानसरोबर जाने मार्ग हुन । लिपुलेक क्षेत्र बाट ओहोर दोहोर गर्ने मार्ग खोल्न चाइना र ईन्डिया बिच पटक पट्क सम्झौता हरु भएका छन । अप्रिल २९ १९५४ मा दुई देशका ब्यापारी र तिर्थ यात्रिहरुका लागि आवत जावत खुला गर्ने सम्झौता । दोस्रो १९८८ मा राजिब गन्धिको चाइना भ्रमणको बेला लिपुलेख खुला गर्ने सम्झौता । अप्रिल ११ ,२००५ मा चिनिया प्रधान मन्त्री वेन्जियाबोको भारत भ्रमण बेला भएको सम्झौता । १८ सेप्टेम्बर २०१४ मा सि जिङ पिङ भारत भ्रमणको बेला दुबै देशका मन्त्रालय बिच भएको सम्झौता र १५ मै २०१५ मा मोदिको चाइना भ्रमण हुँदा ताका लिपुलेक च्याङला नाका खोल्ने सम्झौता । यि सम्झौता हरुमा नेपालको कुनै सरोकार राख्ने काम गरिएन । यहाँ सांढे जुद्धा होस् या मिल्दा बाछो मिचाइको काम भएको छ । जबकी उक्त छेत्रमा नेपालले दुबै देशलाई ठुलो गुन लगाएको थियो । चिनिया सेना सँग लड्न नसकेर बहादुरिका साथ पिछे हटेको भारतीय सेनालाई बन्दोबस्तिका सामान लैजान नेहरुले महेन्द्रलाई चिट्ठी मार्फत गरेको याचना स्वरुप केही समय नबस भन्न नसकी हुन्छ भनेर दिएको सहमती जसको फाईदा लिएर हाल सम्म रहेको छ । त्यस्तै सि आई ए को लगानी र उक्साहट्मा भएको खम्पा गतिबिधी माथि नेपाली सेनाले कारबाही गरेको र मुस्ताङ बाट भागेका बिद्रोही र तिनका नाइके गे याङदी लाई नेपाली सेनाले यही छेत्रको टिङकर र कौवा बाट छेकेको थियो र गे याङदिलाई धरापमा पारेर मारेको थियो । यि दुबै घट्ना अहिले दुबै राष्ट्रको बिस्म्रितिमा पुगिसके । यो छेत्रमा रहेका स्थानिय सौका बासीहरु पहिले छाङरु जहाँ हालै सशस्त्रको टुकुडी राखिएको छ देखी कौवा गुन्जी ,कालापानी हुंदै लिपुलेक पास बाट चिनको ताक्लाकोट बजार सम्म किनमेल र ब्यापार गर्ने गर्दथे । जब भारतीय फौज र इन्डो टिबेटन बोर्डर पुलिसले जरा गाड्न सुरु गर्‍यो तब देखी यि स्थानइय हरुलाई यो रुट निसेध गरिएको छ उनिहरु हाल टिङकर हुँदै घुमेर गोरेटो बाटो हुँदै ताक्लाकोट जानु पर्छ । तर त्यो बाटो पनि हाल हिंड्न सक्ने अवस्थामा छैन । छाङरुमा राखिएको सशत्रको फौजलाई स्थानाइयले कौवामा राख्न सुझाब दिएका हुन जहाँ बाट कालापानिमा रहेको भारतीय सुरक्ष्याकर्मिको गतिबिधी निगरानी गर्न सकिने छ । तर त्यसो गरिएको छैन । कालापानी क्षेत्रमा नेपालले २००९ -११मा गरेको जनगणनाले ४ सय ३२ घर धुरी रहेको र जनसंख्या अठारसय बत्तिस थियो । त्यस्तै २०१८ सालको जनगणना गर्ने ब्यक्ती भैरब रिसाल जिबितै हुनुहुन्छ । ११ -१२ साल सम्मको नेपालको नक्सामा लिम्पियाधुरा सम्मको भुभाग समेटिएको थियो । पछी २० बाइस साल तिर नक्सा निर्माणको जिम्मा भारतलाई दिए पछी उक्त भुभाग नक्साबाट गायब भयो । यो गुमेको भुभागको जानकारी सर्बप्रथम बहादुर सिंह ऐट्वाल निर्बाचित रा पं स ले गराएका र पछी प्रेम सिंह धामी ले सदनमा उठाएको र पत्रकार नारायण वाग्लेले २९ असौज २०५३को कान्तिपुरमा भारतीय सेनाले कालिको कृतिम मुहान खडा गरेको कुरा सचित्र प्रकाशन गरे पछी बल्ल चर्चाको बिषय बन्न थालेको हो ।

दुबै देशले सिमा बिबाद समाधानको लागि गठन गरेको नापिको प्राबिधिक टोलिले तयार गरेको सिमा नक्सा सुस्ता र कालापानी बाहेकको जारी गर्न भारतले दबाब दिदै आएको हो । तर यि दुई ठाउँ बाहेकको समाधान भइसकेको भनिएको छेत्रमा समेत तत्कालिन नापी बिभाग प्रमुख तोया बरालले प्रलोभनमा परेर अडान छाडेका छन । झापा छेत्रमा सिमा निर्धारण गर्न नेपालको तर्फबाट गएको टोली उक्त कामको जिम्मा भारतीय टोलीलाइ छोडेर दार्जिलिङ घुम्न गएको थियो । पश्चिम कंचनपुर क्षेत्र तिर नेपालको प्रतिनिधित्व गर्ने वाला भारतीय टोलिकै समुहमा खाने सुत्ने बस्ने गर्द्थे । सिमाको बास्तबिक लाइन टुङो लगाउन सिमा छेत्रका स्थानिया बासिलाई कहिले समाबेश गराइएन । जब नेपाल सरकारले केही मात्रामा भए पनि सशत्र प्रहरी सिमा सुरक्ष्याको लागि परिचालन गर्‍यो र त्यसले सिमित साधन र स्रोतका बाबजुद तयार पारेको विवरण र सिमा रक्षाको लागि खेलेको भुमिकाको विवरण कुनै समयका गृहका एक सहसचिवले भारतीय राजदूताबासमा पुरयाइदिए। यसको फलस्वरुप आफ्नो स्वार्थ अनुकुल नियुक्ती गराइएका अख्तियार प्रमुख मार्फत सशत्र प्रमुख हरुलाई भ्रस्टाचारको मुद्धामा फसाइएको छ । यद्धपी केहीको भ्र्स्टचार दोष पनि हुन सक्छ । कालापानिमा भारतीय सेना बसेको जानकारी सद्न मार्फत देशलाई गराउने प्रेम सिंह धामी र टनकपुर सम्झौताको बिरोधको नेत्रित्व गर्ने मदन भण्डारी दुबैको कालगतिले मृत्‍यु भएन । कालापानी नेपालको सरहद भित्र पर्छ भन्ने दाबा भारतीय हरु समक्ष गिरिजा प्रशाद कोइरालाले राखेका हुन । हाल यो बिषय फेरी चर्चाको चुलिमा छ । निरुपण कसरी हुन्छ भन्ने टुङो छैन ।

यहाँ निर भारतिय हरुलाई कार्गिल मामिला जस्तै नै नेपाली लाई कालापानी मामिला हो भन्ने दावा प्रमाणित नक्सा सँगै गर्नु पर्ने हुन्छ । ईतिहासमा हाम्रा पुर्खा नालापानिमा पनि लडेका थिए जुन कालापानी भन्दा धेरै दुरिमा छ भन्नु पर्ने होला । अहिले पनि देव नारायण यादब देखी गोबिन्द गौतम हरु कमी भएका छैनन भन्नु पर्ने होला । कोशीको बांध नियन्त्रण गर्न आएको टोली बिराटनगरमा कार्यालय खोली बसेकोमा आफ्नो घर जाओ भन्न निकै समय लाग्यो भने नेपाली आमाको छातीमा परेड खेल्न आदत बसेको बिदेसी बुटलाई गन्तब्य तिर मोड्न निकै मिहिनेत जरुरी छ ।

–बीरकाजी बस्नेत

प्रतिक्रिया