प्रदेश नं १ मा आजसम्म ५४ जना कोभिड–१९ पोजेटिभ

मनोज दाहाल २०७७ जेठ ६ गते २२:१७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,६ जेठ।प्रदेश नं १ मा मङ्गलबारसम्म ५४ जनामा कोभिड–१९ पोजेटिभको पुष्टि भएको छ।

प्रदेशमा आजसम्म गरिएको तीन हजार ३३२ जनाको थ्रोट स्वाव (पिसिआर) परीक्षणमा उक्त सङ्ख्या देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोराना सूचना डेस्कले जानकारी दिएको हो।

प्रदेशका विभिन्न तीन स्थानमा गरिएको पिसीआर परीक्षणमा तीन हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।

यसैगरी आरडीटी विधिबाट आजसम्म नौ हजार ६२२ जनाको परीक्षण गरिएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया