कोभिड–१९ उपचार केन्द्रलाई रु ७ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

मनोज दाहाल २०७७ जेठ ६ गते २२:०९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ६ जेठ । कोशी अस्पताल (कोभिड –१९) उपचार केन्द्र विराटनगरलाई लुथरन विश्व फेडेरेसन(एलडब्ल्युएफ)ले आज रु सात लाख मूल्य बरावरको स्वास्थ्य उपकरण एवं सामाग्री हस्तान्तरण गरेको छ।

प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई उक्त सामाग्री लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतम हस्तान्तरण गर्नु भयो।

हस्तान्तरण गरिएको सामाग्रीहरुमा एक्सरे मेसिन एक थान, इलेक्ट्रिक सक्सन मेसिन दुई थान, अक्सिजन बनाउने मेसिन एक थान, व्यक्तिगत सुरक्षा उपकरण(पिपीई) सेट ३० थान, आईआर थर्ममिटर चार थान, एन ९५ मास्क १२० थान र सर्जिकल मास्क पाँच सय थान रहेका छन्।

मन्त्री घिमिरेले प्रदेशमा कोभिड सङ्क्रमण बढ्दै गएकाले आगामी दिनहरुमा नागरिकहरुलाई कसरी सुरक्षित गराउने सम्वन्धमा सरकारले कार्य गरिरहेको बताउनु भयो।

उहाँले कोरोना भाईरस विरुद्ध लड्नका लागि सवैको साथ र सहयोग आवश्यक रहेको छ भन्दै सङक्रमितको उपचारमा अग्रपङतीमा कार्य गर्ने स्वाथ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री एवं उपकरणले सुरक्षित र सहज पु¥याउने विचार व्यक्त गर्नु भयो।

केन्द्रलाई लुथरन सामुदायिक कल्याण समूह मोरङमार्फत स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको व्यवस्थापक गौतमले बताउनुभयो । लुथरनले यसअघि केन्द्रका लागि रु तीन लाख ६० हजार बराबरको अनलाईन युपीएस हस्तान्तरण गरेको थियो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया