प्रदेश नं १ को छैठो प्रदेश सभा वैठक आगामी जेठ १४ गते

मनोज दाहाल २०७७ जेठ ६ गते २२:०४ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ६ जेठ । प्रदेश नं. १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभाको छैठो बैठक यही जेठ १४ का लागि आज आह्वान गर्नुभएको छ।

प्रदेश प्रमुख अधिकारीले प्रदेशको छैठौं तथा वजेट अधिवेशन यही जेठ १४ गते दिउँसो २ वजेका लागि आह्वान गर्नुभएको प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरिएको कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रदेश सरकारले उक्त प्रदेश सभाको वैठकबाट आगामी आर्थिक बर्ष २०७७ः७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया