बुधबार, जेठ १४ २०७७
काठमाडौं ११:५३
वासिङटन डिसी 02:08

मेरिल्याण्डमा १५ बर्षिय युवतीको कोरोना भाइरसबाट निधन

इनेप्लिज २०७७ जेठ ६ गते १९:३० मा प्रकाशित

मेरिल्याण्डमा १५ बर्षिय युवतीको कोरोना भाइरसबाट निधन भएको ज्यादै दुखद समाचार छ । मेरिल्याण्ड राज्यको स्वास्थ्य अधिकारीका अनुसार बाल्टिमोर काउन्टी निवासी उक्त किशोरीको अहिले सम्म कै मेरिल्याण्ड राज्यमा निधन हुने यूवा भएको जनाएको छ ।

डारयाना डाईसन नामक उक्त युवतीको निधन गत शनिबार ६ दिन सम्म उनलाई अस्पतालमा भेन्टिलेटर(वायु-प्रवाहक)मा राखिएको उनकी आमा क्यानडेस नाइटले एनबिसीलाई बताएकी थिइन् । यो यति छिटो भयो उनले भनिन । उनले अगाडी भनिन ,मेरो छोरीलाइ पेट दुखेको कारण अस्पताल भर्ना गर्न उनिसंग आएको बताइन ।

डाईसनलाई पेट दुख्ने र ज्वरो आउने भएकोले अस्पताल भर्ना गरिएको बताइन । तर पछि शरीरमा डाबर(र्यास) एलर्जी जस्तो भएको थियो । प्रारम्भिक चरणमा उनको कोरोना भाइरसको जाँच गर्दा असंक्रमित(नेगेटिभ) भएको उनकी आमाले बताएकी थिइन् ।

बाल्टिमोर काउन्टी स्वास्थ्य अधिकारीका अनुसार मृतक युवतीका लक्षणहरु निरन्तर तर दुर्लभ देखिएको बताएका थिए । उनीहरुका अनुसार उक्त लक्षणलाई मल्टि सिस्टम इन्फ्लामेटोरी सिनड्रम जुन कोरोना भाइरस संग सम्बन्धित रहेको र बिशेष गरि बालबालिकाहरुमा हुने गरेको जनाएका छन् ।

चिकित्सकहरुका अनुसार कोभिड-१९ को संक्रमणले शरीरको प्रति रक्षा क्षमतामा आक्रमण गरेको हुन् सक्ने विश्वास गरेको बताए । मेरिल्याण्ड राज्यले मंगलबार राज्यमा १९ बर्ष भन्दा मुनिको उमेरमा कोभिड-१९ बाट मृत्यु हुने प्रथम बिरामी भएको जनाएको छ । र प्रयोगशालाको प्रतिबेदन अनुसार उनको निधन कोभिड-१९ कै कारण भएको पुष्टि गरेको छ ।

बाल्टिमोर काउन्टीका स्वास्थ्य अधिकारी चिकित्सक ग्रिगरि ब्रान्चले कोभिड-१९ वास्तव मै महामारी हो । यो यहाँ छ र यो घातक हो भने । उनले एक वक्तब्यमा हाल सम्म ४१ हजार ५ सय ४६ जना यो कोरोना भाइरस बाट संक्रमित भएको उल्लेख गरेका छन् ।

“उनी यस संसारका लागि अति नै असल थिइन्, उनी यस संसारको लागि पनि राम्रो थिइन्। उनी यति सुन्दर थिइन, उनी यस संसारको लागि पनि राम्रो थिइन्, “नाइटले डब्लुबिएएल(एनबिसी वाशिंगटन डटकम) लाई बताइन्।

श्रोत : एनबिसी वाशिंगटन डटकम

प्रतिक्रिया