चीनमा अपहरण गरिएको छोरासंग ३२ बर्ष पछि बाबुआमाले भेट्टाउदा बाबुआमा भावुक

इनेप्लिज २०७७ जेठ ६ गते १५:२२ मा प्रकाशित

चीनमा ३२ बर्ष अगाडी हराएको आफ्नो छोरासंग भेटघाट हुँदा बाबुआमा निकै भाबुक भए । एक चिनियाँ दम्पती जसको छोरोलाई १९८८ मा एक होटल(अतिथि गृह )मा अपहरण गरिएको थियो उक्त छोरा संग ३२ बर्ष पछि पुनर्मिलन भयो।

कसरी अपहरणमा परे ,यस्तो छ कथा :

माओ यिन लाई दुई वर्षको उमेरमा जबर्जस्ती तानेर लागिएको थियो । जबकि उनका बुबा उनलाई नर्सरीबाट घर लैजादै गर्दा छोराले तिर्खा लाग्यो भने पछि छोरालाई पानी लिन जाँदा उनको अपहरण भएको थियो ।

उनका बाबुआमाले उनलाई चीन भरि खोजे र उनकी आमाले एक लाख भन्दा ज्यादा उनि हराएको प्रचार सामग्री वितरण गरिन । तर कहिले फेला पार्न दम्पतिले सकेनन ।

दुई बर्षमा हराएको उनीहरुको पुत्र हाल ३४ बर्षका भएका छन् । गत सोमबार मे १८ का दिन प्रहरीले पत्रकार सम्मेलनमा पुनर्मिलन गरि दिएको छ । ३२ बर्ष पछि फेला परेका छोराले बाबुआमा संग बिताउने बताए ।

“म हजारौं मानिसहरूलाई धन्यवाद दिन चाहन्छु जसले हामीलाई सहयोग गरे,” लि जिङ्ग झी युवाको आमाले भनिन्।

उनकी आमाले आफ्नो छोराको जन्म फेब्रुअरी २३,१९८६ मा भएको बताएकी थिइन् । र गत जनवरीमा साउथ चाइना मोर्निंग पोस्टसँगको अन्तर्वार्तामा आफ्नो छोरो नभेटिएको भन्दै छोरा “धेरै चलाख, प्यारो र स्वस्थ” बच्चा भनेकी थिइन् ।

अक्टोबर १७ १९८८ का दिन छोराले पानी पिउने आग्रह गरे पछि उनीहरू होटेलको प्रवेशद्वारमा रोके । बुबाले केही तातो पानीलाई चिसो गर्दै गर्दा छोरालाई हेर्दै गर्दा गर्दै आफ्नो छोरालाई कसैले लागेको थियो ।

परिवारले जियानको छेउछाउ खोजे । हरेक स्थानमा पोस्टर(प्रचार सामग्री )हरू बाढे । उनको आमाले आफ्नो जागिर छोडिन र १ लाख भन्दा ज्यादा प्रचार सामग्री वितरण गरिन । उनले १० भन्दा ज्यादा प्रान्त र नगर पालिकामा गएर खोजिन तर फेला पारिनन ।

वर्षौंको दौडान गर्दै उनी असंख्य चिनियाँ टेलिभिजन(दुर दर्शन)कार्यक्रमहरूमा द एक्स फैक्टर लगायत सहयोगको लागि अपील गर्न गईन । तर बच्चा फेला परेन ।

२००७ मा आमा ली ले “बेबी कम ब्याक होम” भनिने समूहसँग स्वयम सेवक भै काम गर्न थालिन । अन्य आमा बुबालाई उनीहरूको हराएको बच्चाहरूको खोजी गर्न उक्त समूहमा आफूलाई सक्रिय बनाइन ।

राज्य बाट संचालित संचार घरका अनुसार, उनले २९ जना बच्चाहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलनमा मद्दत गरिन्, जबकि उनका आफ्नै छोरा हराइरहेका थिए। उनी समूहसँग काम गरिरहन चाहिन ।

गत अप्रिल महिनामा राज्यका संचार माध्यमले उक्त हराएको मानिस बारेमा दक्षिण-पश्चिम सिचुआन प्रान्त झन्डै ६ सय २० माइल टाडा फेला परेको हल्का जानकारी दिएका थिए ।

प्रहरीले ३४ बर्षिय उक्त युवालाई उनलाई पालन पोषण गर्ने संग भएको पत्ता लगाए । उनको डिएनए परीक्षण गरे पछि उक्त युवाको डिएनए माओ झेनजिङ्ग र लि जिङ्गझी संग मेल खायो ।

हराएका उक्त युवाको हाल नाम गु निंगनिंग राखेको र हाल उक्त हराएका बालक घर सजावट ब्यबसायमा लागेको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार उक्त बालकलाई बच्चा नभएका जोडीलाई ६ हजार युआन (करिव ६९० पाउण्ड र हाल ८४० डलर)मा बेचेको जनाएका छन् ।

चीनमा आमा दिवस मे १० मा भएको समयमा आमाले राम्रो समाचार भन्दै यो मैले पाउने सबै भन्दा उत्कृष्ट उपहार हो भनिन ।

उक्त बालक १९८८ देखि हराएको बारेमा प्रहरीले अनुसन्धान गरि रहेको छ । अधिकारीहरुले उक्त बालक को संग हुर्किएका थिए भन्ने बारेमा भने जानकारी गराएका छैनन् ।

श्रोत : बिबिसी

प्रतिक्रिया