अतिक्रमित लिम्पियाधुरा , लिपुलेक र कालापानी नेपालकै भुमि भएकोले फिर्ता गरेरै छोड्ने प्रधानमन्त्री ओलीको अठोट

टंक पन्त २०७७ जेठ ६ गते ८:३८ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा , लिपुलेक , कालापानी क्षेत्र नेपालको भुमि भएकोले त्यो भुमि कुटनीतिक पहल गरी फिर्ता गरेरै छोडने अठोट ब्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार सघीय संसदमा सबोधन गर्दै नेपाली अतिक्रमित नेपाली भुमि फिर्ता नल्याउंदा सम्म सरकारले आफनो पहल नछोडने स्पष्ट पार्नुभएको छ ।

मन्त्रिपरिषदले नेपालको नयां नक्सा जारी गरेको छ अब सो अनुसार सबिधान सशोधनका लागि तत्काल प्रस्ताब आउने छ भन्दै प्रधानमन्त्री ओलीले सरकारले कुटनीतिक पहललाई सार्थक बनाउन नेपालका तर्फबाट कुनै कसर बाकी नराख्ने बिश्वास दिलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीको संकेत थियो , सबिधान संशोधनका लागि अन्य बिषय पनि हुन सक्छन तर यस पटक सबिधानको अनुसुचि ३ मा रहेको निशान छाप भित्र रहेको नेपालको नक्सा नयां पास भएको राख्नका लागि मात्र सबिधान सशोधन हुने छ ।

सबिधान सशोधन गरी नयां नक्सा स्थापित हुंदाका दिन खुशियालीमा देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुले दिपावली गर्ने छन भन्दै प्रधानमन्त्री ओलीले अब ठोस रुपमा कुटनीतिक पहल थालिने जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया