लक डाउनमा सयौंको संख्यामा मजदुरहरु रुख कटानी गर्दै, वैज्ञानिक वनका नाउँमा चुरेको दोहोन हुँदै

वीरेन्द्र रावल २०७७ जेठ ५ गते २२:१४ मा प्रकाशित

सुर्य बहादुर थापा : कैलाली समन्वय समिति प्रमूख

वीरेन्द्र रावल,

धनगढी जेठ ५ ÷ नेपाल लगायत विश्व यतिबेला कोरोना कहरमा छ तर कैलाली जिल्लामा भने लक डाउनको बेलामा धमाधम वैज्ञानिक वनका नाउँमा हरिया सालका रुखहरु कटानी शुरु भएको छ।

कैलाली जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालय अन्तरगत पर्ने मोहन्याल गाउँपालिकाको वडानम्बर ७ स्थित जालपा ,बर्गदा,र वडानम्बर ३ मा पर्ने देउराली र जनकल्याण सामुदायिक वनमा सोमबारबाट धमाधम सयौंको संख्यामा वनमा मजदुरहरु लगाएर हरिया साल,अस्ना,हल्दु लगायतका रुखहरु धमाधम कटानी शुरु गरिएको छ।

चुरे क्षेत्रमा पर्ने तीन वटै सामुदायिक वनहरु वातावरणीय रुपमा निकै संवेदनशील क्षेत्रमा पर्ने भएका भएपनि नेपाल सरकारको चुरे राष्ट्रपति कार्यक्रम र त्यसको नीति विपरित कैलाली जिल्लामा हरिया सालका रुखहरुमा धावा बोल्ने कार्यहरु भैरहेको बिज्ञहरुले बताएका छन्।

देश लक डाउनमा भएका बेलामा चुरे जस्तो संवेदनशील क्षेत्रसंग जोडिएका वन क्षेत्रमा होस् या अन्य क्षेत्रमा पनि किन नहोस् लक डाउनको उल्लंघन गरेर कागजी प्रकृया मिलाएर काठको कटानी गर्ने जस्ता कार्य नितान्त अपराधिक ,आपत्तीजनक र ठूलो देशद्रोही कार्य भन्दा अरु केही नहुने कुरा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रण बहादुर रावलले बताउनु भएको छ।

डा . रण बहादुर रावल संसदीय दलका नेता नेपाली काँग्रेस सुप प्रदेश

उहाँले भन्नु भयो– सारा दुनियाँ कोरोनाबाट कसरी बच्ने माफियाका ठूलो समूह धमाधम वैज्ञानिक वनका नाउँमा हरिया सालका रुखहरुमाथी धावा बोलिरहेका छन् । चुरे जस्तो संवेदनशील क्षेत्रमा वैज्ञानिक वन होस् या अन्य कुनैपनि खालका चुरे दोहोनका कार्यहरु गर्नु महा अपराध बाहेक अरु केनै हुन सक्दैन संसदीय दलका नेता रावलले बताउनु भयो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भटट् संग यस सम्बन्धमा जिज्ञासा राख्न खोज्दा उहानँसंग सम्पर्क भने हुन सकेन । उहाँका स्वकीय सचिव शिवसिंह ओलीले भने चुरेको दोहोन गर्ने र लक डाउनका बेलामा मजदुरहरु लगाएर जंगल कटानी गर्ने कार्य लक डाउनका विरुद्धमा भएकाले त्यसलाई रोक्नेतर्फ मुख्यमन्त्रीको ध्यानाकर्ष गराईने बताउनु भएको छ।

कैलाली जिल्लामा चुरे र मोहन्याल गाउँपालिका चुरे क्षेत्रमा पर्ने भएकाले चुरे क्षेत्रमा वैज्ञानिक वन बनाउने कार्य निकै हानीकारक र चुनौतिपूर्ण भउको अवस्थामा मोहन्याल गाउँपालिकाको जेठ ४ गते बसेको कार्यपालिकाको बैठकले गाउापालिका क्षेत्रमा वैज्ञानिक वन बनाउने कार्यलार्य प्रतिबन्ध लगाउने निर्णय समेत गरेको कुरा मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताउनु भएको छ ।

उहाँले भन्नु भयो– चुरेको संरक्षण विना तराईको अस्तीत्व समेत नरहने भएकाले चुरे क्षेत्रमा चुरे दोहोन बढ्दै जान थालेपछि गाउँपालिकाले चुरेमा वैज्ञानिक वन कार्यक्रमलाई रोक्ने उद्देश्यका साथ सो निर्णय गरिएको बताउनु भएको छ ।

कैलाली जिल्ला समन्वय समतिका प्रमूख सूर्य बहादुर थापाले लक डानउनका बेलामा चुरेमा वैज्ञानिक वन बनाउने र लक डाउनको उल्लंघन गर्ने कार्य तत्काल राकिनु पर्ने बताउनु भएको छ।

नवलसिंह रावल : मोहन्याल गाउँपालिकाका अध्यक्ष

पछिल्लो समयमा कैलाली जिल्लामा वैज्ञानिक वनका नाउँमा धमाधम हरिया सालका रुखहरु कटानी गरेर रातारात करोडौं कमाउने ध्याउन्नमा केहि वन अधिकृत।प्रदेश सरकारका सदस्य,मन्त्रालय देखि संघीय सरकारका मनत्री एवं कर्मचारीहरुले समृद्धिका लागि वन धन्ने सरकारको नीतिमा टेकेर जनताको विरोधका बाबजुदपनि जर्वजस्ती वैज्ञानिक वन कार्यक्रम लागुगर्ने कार्य भैरहेको स्रोतले बताएको छ।

शिवसिंह ओली : मुख्यमन्त्री का स्वकीय सचिव सुप प्रदेश

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया