परोपकारी संस्था लभ एण्ड सपोर्ट फाउण्डेसनले कोरोनाको कहर सम्म्बन्न्धी सचेतनामुलक म्युजिक भिडियो ‘पापी कोरोना’ प्रकाशन गरेको छ । गीतकार बुद्धविर लामाको शब्द तथा इजाज अलिको संगीतरहेको उक्त म्युजिक भिडियोमा नेपाल, भारत, अमेरिका, क्यानडा र अष्टेलियाका नेपालीभाषी कलाकाारहरुको सहभागिता छ ।
कोरोनाको कहरले धर्ती नै आतंकित भएकोबेला एकसाथ मनोरञ्जन र चेतना विस्तार गर्न संगीतको माध्यमबाट सम्भव हुने निष्कर्षसाथ उक्त म्युजिक भिडियो तयार पारिएको फाउण्डेसनका अध्यक्ष गायक मनोज राईले बताएका छन् ।
अमेरिकाको नर्थ क्यारोलेनामा मुख्यालय रहेको फाउण्डेसनले नेपाल, भारत र अमेरिकामा संगीत, मनोरञ्जन र परोपकार सम्बन्धी कार्य गरिरहेको छ ।
प्रतिक्रिया