अफ्रिकी देश सिसेल्समा मृत्यु भएका एक नेपाली युवाको सिसेल्समै दासंस्कार

इनेप्लिज २०७७ वैशाख ३१ गते ११:१४ मा प्रकाशित

३१ बैशाख, सिसेल्स । अफ्रिकी देश सिसेल्समा मृत्यु भएका एक नेपाली युवाको सिसेल्समै दासंस्कार गरिएको छ ।

हृदयघातका कारण २२ मार्चमा मृत्यु भएका बराह नगरपालिका १ चतराका ज्ञानेन्द्र श्रेष्ठको आज (१३ मे) बिहान दाहसंस्कार गरिएको एनआरएनए सिसेल्सका अध्यक्ष राम प्रसाद पन्तले संसारन्युजलाई जानकारी दिएका छन् ।

सिसेल्सस्थित सनसाइन प्रोपटीज कम्पनीमा सेक्युरेटी गार्डका रुपमा कार्यरत श्रेष्ठको मृत्यु भएपछि हालको परिस्थितिलाई मध्येनजर गर्दै मृतकका परिवार र सम्बन्धीत कम्पनीको सहमतिमा श्रेष्ठको सिसेल्समै दाहसंस्कार गरिएको हो ।

सदा झै कामबाट फर्किएर नुहाइ धुवाइ गरेपछि केहीबेर आराम गरेर ट्वाइलेट गएका श्रेष्ठ त्यहि ढलेका थिए । ट्वाइलेटबाट ठूलो आवाज आएपछि उनीसँगै रहेक नेपाली साथीहरु त्यहाँ पुगेर हेर्दा लडेको अवस्थामा फेला परेका थिए । उनलाई बाहिर निकाल्दासम्म उनको ज्यान गइसकेको थियो । तत्कालै आएको प्रहरीले उनलाई सरकारी अस्पताल लगेको थियो । तर, उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो । अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जानकारी दिएको थियो ।

सिसेल्समा मृत्यु भएर त्यहि दाहसस्ंकार गरिएका श्रेष्ठ पहिलो नेपाली होइनन्, यसभन्दा अगाडि २०१९ मा मृत्यु भएक नवलपुरका सिम बहादुर गुरुङको पनि त्यहि दाहसंस्कार गरिएको थियो । गुरुङको मुसाबाट सर्ने रोगका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया