आमा शान्त धरा सुन्दर शुशील यो सृष्टि कि दर्पिणी
आमा स्वार्थ रहित अपुर्व ममता र त्याग कि बन्दिनी
भै पुष्प लतिका भुलेर स्वंम् सुवासना बाँड्दछिन्
लाली झैं फूलका फैलाई ओठंमा पिडासंग साट्दछिन्
चम्किंदै चांद भै सिङ्गर्छिन् गृहस्थी लक्ष्मी उनी घरकी
कर्तब्य बिबेक सिप र कौशल सृष्टि पूर्ण भरकी
गर्दै कर्म शुकर्म त्याग समर्पण बनि घर कि राेशनी
लुकाई गहमा निलेर पिडा बाेझ हँसाउने नि उनी
बोकेर बंशको बृक्ष ति गर्भमा बुनी सुन्दर सृजना
प्राणकाे पिण्डमा पिलाई अमृत पुकारेर बन्दना
गरी त्याग अथाह बलिदान सन्तानकै खातिर
काेखकै सुरक्षा परेमा स्वंम् दन्किदिन्छिन् आखिर
उच्च भै जननी चट्टान जसरी बन्ने सदा अटल
सन्तानकाे भागमा खुशीकाे ईन्द्रेणी पारीदिने हरपल
आमाकै छ श्रेय सृष्टि यो जगत बोलीमा माधुर्यता
मधुश्री रुपकी बसन्ती कुलकी प्रेम मा छ पूर्णता
अनुपम शिप कि कुसुमी बचन अनुष्ठित कौशाल्त़ा
पुंकेशर फूलकी मियो भै घरकी आमा नै हुन् साधिका
माया र ममता श्रिङ्ग भै आमामा उत्सको त्यो उपमा
आमाको अवतार न काेही छिचोल्छ यो सृष्टि र विश्वमा
काख होस् हृदय अटुट आश्रय चाहना छ ब्याकुल
धर्ती वा गगन थाप्दै छु आशिष आमा तिमी बिशाल
अविरल बहने निस्वार्थी मातृत्व उम्दा छ धेर ममता
पुज्य छौ माहान छ कोटी नमन आमा तिमी देवता !!
प्रतिक्रिया