बुधबार, जेठ १४ २०७७
काठमाडौं ११:१५
वासिङटन डिसी 01:30

तामांग सोसाईटि अफ नर्थ अमेरिकाको -प्रेस विज्ञप्ति

“नेपाली विधार्थी प्रति हाम्रो दायित्व”

इनेप्लिज २०७७ वैशाख २७ गते १२:१० मा प्रकाशित

तामांग सोसाईटि अफ नर्थ अमेरिकाले नेपाली विधार्थी जो अमेरिकामा अन्तर राष्ट्रिय बिद्यार्थी F1 visa holder स्टाटस्मा छन् त्यस्ता विधार्थीहरुलाई यो COVID-19 को भयावहबाट केहि टेवा पुर्याउने उद्देश्य सहित न्युयोर्कका विभिन्न संघ संस्थाहरुको संयुक्त नेतृत्वमा परिचालित समुह “कोरोना बिरुद्ध सचेतना एवं सहयोग समुह न्युयोर्क” मार्फत आँउदो शनिवार न्युयोर्क र न्युजर्सीमा बाँडिने विधार्थीहरको राहत (ग्रोसरी) को खर्च ले कम्तिमा ५० प्रतिशत $1500 (पन्ध्र सय डलर)व्यहोर्ने जानकारी तामांग सोसाईटि अफ नर्थ अमेरिका संस्थाको महासचिव डोल्मा लामाले जानकारी गराउनु भएको छ ।

कोभिड-१९ बाट अति प्रभावित राज्य न्युयोर्क लाई विशेष रुपमा लिईरहेको र यस क्षेत्रका समुदायलाई सुरक्षित राख्न न्युयोर्क राज्यमा क्रियाशील संस्था Tamang Society Of America, New York बाट गठित TSA COVID-19 Task Force लाई $2500 (पच्चिस सय डलर) सहयोग यस अघि नै गरि सकेको र TSA COVID-19 Task Force ले समुदायमा काम गरि रहेको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराईएको छ।

प्रतिक्रिया