कोभिड-१९ को अनुसन्धान गरि रहेका पिट्सबर्ग विश्वविद्यालयका एक प्राध्यापकको हत्या
प्रहरी अधिकारीका अनुसार कोभिड-१९ को अनुसन्धान गरि रहेका पिट्सबर्ग विश्वविद्यालयका एक प्राध्यापकको हत्या भएको छ । उक्त प्राध्यापकलेले कोभिड -१९ को अनुसन्धान गर्दै “अत्यन्तै महत्वपूर्ण निष्कर्ष” मा पुग्न आटेका प्राध्यापक यस हप्ताको अन्तमा गोली हानी मारिएको प्रहरीले जनाएका छन् ।
अनुसन्धान सहायक प्राध्यापक, बिंग लिउ नामक प्राध्यापकको शव प्रहरी विभागका अनुसार गत शनिवार उनको टाउनहाउस (शहरीघर) मा टाउको,घाँटी, र खुट्टामा गोली लागेको थियो।उक्त जानकारी रोस प्रहरी विभागले जनाएको छ ।
अन्वेषकहरूले अर्को अज्ञात दोस्रो मानिस जो उनको सवारी साधन (कार)मा मृत अवस्थामा फेला परेका थिए । उक्त व्यक्तिले आफ्नो कारमा फर्केर आउँदा आफ्नै जीवन समाप्त गर्नु अघि उनको घरमा लियूलाई गोली हानी हत्या गरेका थिए ।
प्रहरीका अनुसार उनीहरु एक आपसमा चिनजान भएको र उनलाई गोली हान्ने भन्ने शुन्य पनि कुनै संकेत नभएको जनाएका छन् । प्राध्यापक लियू चिनियाँ भएको कारणले उनि माथि लक्षित गरिएको थियो भनि अनुसन्धानमा खटेका जासुस ब्रायन कोहलेपले जनाएका छन् ।
बिश्व बिद्यालयले एक विज्ञप्ति जारी गर्दै “पिट्स का एक प्रशंसक अनुसन्धानकर्ता र प्रशंसनीय सहयोगी बिंग लिउको दुखद मृत्युबाट गहिरो शोक व्यक्त गरेको छ ।
विश्वविद्यालयले यस कठिन समयमा लिउको परिवार, साथीहरू र सहकर्मीहरूप्रति हाम्रो गहिरो सहानुभूति प्रकट गर्दछ।”भनेको छ ।
श्रोत :सिएनएन ,,तस्बिर :युनिभर्सिटी अफ पिट्सबर्ग
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
प्रतिक्रिया