आइतबार, असोज ४ २०७७
काठमाडौं १७:०८
वासिङटन डिसी 07:23

अलबिदा -पवन, अन्तिम संस्कार न्यूजर्सीमा सम्पन्न

सभासद भण्डारीको भूमिका सराहनीय

विजय थापा २०७७ वैशाख २३ गते २३:०० मा प्रकाशित

 

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…

डिसी । न्यूयोर्कमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पवनकुमार मल्लको अन्तिम दाह संस्कार न्यूजर्सीमा सम्पन्न भएको छ । गत मे ४ सोमबारका दिन अन्तिम संस्कार गरिएको छ ।

न्यूयोर्कमा उनको शवलाई शवगृहमा राखिएको थियो र उनको दाह संस्कार गर्न न्यूजर्सी ल्याउनु परेको थियो ।

अन्तत्वगत्वा उनको अन्तिम संस्कार समाप्त भएको छ भने उनको शवलाई न्यूयोर्कबाट न्यू जर्सी ल्याउन मेरिल्याण्ड राज्यका नेपाली मूलका बिधान सभा सदस्य ह्यारी भण्डारीले अहम भूमिका निर्वाह गरेका छन् ।

सभासद भण्डारीका अनुसार स्व मल्ल थरमा गल्तीले अलिकति नाममा ट्रुटि हुँदा सानो झन्झट जस्तो आई लागेता पनि त्यो काम आफू जिम्मेबार पदमा अधिकारी भएको नाताले त्यो समाधान गरिएको बताए ।

उनको निधन न्यूयोर्कको अस्पतालले घरमै बस्नु र चिन्ता नलिनु भन्दै गर्दा भर्ना लिन नै नमानेपछि अन्तत्वगत्वा उनको निधन भएको थियो । ४४ बर्षिय मल्ल ३ हप्ता सम्म बिरामी परि न्यूयोर्क उडसाइडस्थित आफ्नै आभासगृहमा मृत्यु भएको थियो ।

न्यूयोर्कमा उनलाई पवन भन्दा पनि प्रकाश नामले चिनिन्थ्यो । उनि उपचारका लागि अस्पताल दुई पटक पुगेका र स्वयम् आफैले रोगी-वाहन(एम्बुलेन्स) बोलाउदा पनि अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको थियो ।

सन् २०१२ मा अमेरिका आएका मल्ल न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी(गाडी )चलाउँथे भने उनि नेपालमा प्रहरीको असई थिए । उनलाई अस्पतालले घरमै बसेर आराम गर्न सुझाव दिएका थिए ।

मल्लको अन्तिम संस्कार न्युजर्सीको रुबी मेमोरियल फ्युनेरल एण्ड क्रिमेशन सर्भिसमा गरिएको छ । बिधान सभा सदस्य भण्डारी मेरिल्याण्डमा रहेता पनि उनले यस आर्थिक संकटमा परेका नेपाली समुदायलाई बिशेष सहुलियत दरमा दाहसंस्कार सम्पन्न गराई दिएका छन् ।

लाग्ने रकम भन्दा करिव ५० प्रतिसत छुटमा काम सम्पन्न भै परिवारलाई आर्थिक बोझ कम भएको छ । दाहसंस्कारका लागि एक जनाको १ हजार ५ सय डलरको दरले शुल्क लागेकोमा उक्त शुल्क पनि भण्डारीकै पहलमा बाल्टिमोरको गैर नाफामुलक संस्थाले बेहोरेको छ ।

प्रकाश शरद (पवन कुमार मल्ल) को अन्तिम संस्कार गैरनाफामुलक संस्था फ्रेण्डस अफ स्पार्चले दाहसंस्कारको शुल्क बेहोरेको हो । त्यति मात्र हैन भण्डारीको पहलमा न्युयोर्कमा ५ जना नेपालीको शव समयमै र सस्तोमा दाहसंस्कार सम्भव भएको छ ।

भण्डारीले न्युयोर्क मै कोरोना भाइरसबाट ज्यान गुमाएका अनिल लिम्बु, निमा शेर्पा र अजय छोंचुको शवलाई फस्ट एभिन्यु फ्युनेरलमा बिशेष छुटमा दाहसंस्कारको व्यवस्था गराई दिएका थिए । र सम्भव भएको थियो ।

त्यस्तै बिष्णु कुमार राईको पनि न्युजर्सी कै रुबी मेमोरियल फ्युनेरल एण्ड क्रिमेशन सर्भिसमा बिशेष छुटमा सम्पन्न भएको छ । कोरोना भाइरसको संक्रमण सुरु भए देखि गत मार्च महिना देखि नै अहोरात्र खटिई नेपाली समुदायलाई आफूले गर्ने कर्तब्यमा कुनै पनि कसर बाकि राखेका छैनन् ।

सभासद भण्डारीले स्थानीय अभिभावक भै स्व बिष्णु कुमार राईको अन्तिम दाह संस्कारमा आफ्नो बिधान सभा संसदीय कार्यालयको ठेगाना समेत दिई सहयोग गरेका थिए ।

स्व राइको सबै भन्दा नजिक बाचेको नातेदारमा भारत दार्जिलिङ्गमा रहेकी उनकी भान्जीलाई सम्पर्कमा ल्याउन अहम भूमिका निर्वाह न्यूयोर्कका मुना राई र केशवराम राईले गरेका थिए ।

उनको भतिजीले सभासद भण्डारीसंग दार्जिलिंगबाट जुम मार्फत कुरा गर्दा भाव बिभोर भएकी थिइन् ।  भण्डारीले गरेको बिशेष पहलको कारण हरेकको दाहसंस्कारमा १३९६ डलर छुट गरिएको थियो ।

ईनेप्लिज परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

 

प्रतिक्रिया