एनआरएनको भाषा,साहित्य,संस्कृति तथा सम्पदा समिति गठन

इनेप्लिज २०७७ वैशाख २३ गते १०:३४ मा प्रकाशित

न्यूयोर्क,अमेरिका मे ३ । एनआरएन आइसीसीले हालै नेपाली साहित्य,भाषा,संस्कृति र सम्पदा प्रवर्द्धन समिति गठन गरेको छ | एनआरएन आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापा (नाइजेरिया) को अध्यक्षतामा समिति गठन गरिएको एनआरएन आइसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ |

२१ सदस्यीय समितिमा छ वटै महादेशबाट प्रतिनिधित्व हुने गरी एक एक जना सह-अध्यक्षको व्यवस्था गरिएको छ | जस अनुसार, युगाण्डाका रमेश कंडेल (अफ्रिका), अमेरिकाका महेश्वर पन्त (अमेरिकाज क्षेत्र),जापानका बेलुकाजी थापा (एशिया प्यासिफिक), नेदरल्याण्डका हरि पौडेल(युरोप),युएइका निश्चल पीएस लिम्बु (मध्यपूर्व) र अष्ट्रेलियाका गणेश घिमिरे (ओसियाना) समितिको सह-अध्यक्ष रहनु भएको छ |

समितिमा विकास विष्ट (अमेरिका),चन्द्र लामा अनुराग (कोरिया),गौतम दाहाल(अमेरिका),गोविन्दर गिरि प्रेरणा (अमेरिका),जितेन्द्र मल्ल (अष्ट्रेलिया),कपिल अधिकारी(अमेरिका),कृष्ण कुसुम (अमेरिका), लक्ष्मण न्यौपाने (म्यान्मार),नृपेश उप्रेती(बेलायत),संजय शान्ति सुबेदी(न्यूजिल्याण्ड),सर्वज्ञ वाग्ले(अमेरिका), सुनिल संगम (पोर्तुगल) र तीर्थ संगम राई (कतार) र भगवती बस्नेत (नेपाल) सदस्य रहनु भएको छ | समितिको सदस्य सचिवमा भगवती बस्नेतलाई जिम्मेवारी दिइएको छ |

समितिको सल्लाहकारहरुमा डा. गङ्गाप्रसाद उप्रेती (कुलपति , प्रज्ञा प्रतिस्ठान नेपाल),जीवा लामिछाने (जर्मनी),आश्विनी कोइराला (नेपाल),नीलम कार्की निहारिका(अमेरिका) र रमेश पौडेल (नेपाल) रहनु भएको छ |

यसैगरी यही समिति मातहत रहने गरी भाषा प्रवर्द्धन र संस्कृति एवं सम्पदा प्रवर्द्धन उप-समिति गठन गरिएको छ |भाषा प्रवर्द्धन उप समितिको नेतृत्व कृष्ण लामिछाने र संस्कृति एवं सम्पदा प्रवर्द्धन उपसमितिको नेतृत्व गोविन्दप्रसाद गौतम रहनु भएको छ |

भाषा,साहित्य,संस्कृति र सम्पदा समिति एनआरएन आइसीसीका उपाध्यक्ष अर्जुन श्रेष्ठ प्रमूख रहनु भएको लगानी,व्यापार र नेपाल प्रवर्द्धन विभाग मातहत रहनेछ |

यसैबीच समितिका अध्यक्ष थापाले समितिको पहिलो बैठक सम्पन्न भएको जानकारी दिनुभएको छ |

प्रतिक्रिया