अमेरिकन आइडलको टप टेनमा दिवेश पोखरेल

इनेप्लिज २०७७ वैशाख २२ गते १०:३८ मा प्रकाशित

नेपाली गायक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट दशमा परेका छन् । आज राती अमेरिकामा भएको कार्यक्रममा सो घोषणा भएको हो ।भोटको आधारमा चयन भएको उत्कृष्ट दशमा दिवेश सातौ स्थानमा परेका छन् । उत्कृष्ट दश घोषणा गर्ने फर्म्याट भएपनि सवै निर्णायकहरुले आफुहरुलाई प्राप्त अधिकारको उपयोग गरेर मकायल फिलिप्सलाई जोगाएका छन्, जस अनुसार अव अमेरिकन आइडलमा ११ जना प्रतिश्पर्धी रहेका छन् ।

उत्कृष्ट दशमा परेका दिवेशले जोन डेनभरको टेक मी होम कन्ट्री रोड गाएका थिए । उनले यो गीतले म जहां हुर्किए त्यो ठाऊको याद दिलाउंछ भने । निर्णायक रहेकी अमेरिकन चर्चित गायक केटी पेरीले दिवेशको प्रस्तुति उत्कृष्ट भएको प्रतिकृया दिइन भने दिवेशले आफ्नोपन दिएर उत्कृष्ट रुपमा गाएको वताए ।

निर्णायकहरुको प्रतिक्रियाले दिवेश दंग परेका थिए ।

दिवेशलाई अमेरिकन आइडलको वेवसाइट, एप्स र टेक्स्टमार्फत भोट गर्न सकिन्छ ।

भोटवाट आएका उत्कृष्ट दश र निर्णायकवाट सेभ गरिएका प्रतियोगीहरुमा लुइस नाइट,जुलिया गरगानो,जोभिन वेब,ग्रेस लियर,जोनी वेस्ट,सोफिया जेम्स,अर्थर गन(दिवेश पोख्रेल),जस्ट साम,डिलोन जेम्स,फ्रान्सिस्को मार्टिन तथा मकायला फिलिप्स रहेका छन् ।

प्रतिक्रिया