डा भट्टराई सँग केही जिज्ञासा

बीरकाजी बस्नेत २०७७ वैशाख २१ गते १८:१५ मा प्रकाशित

युनाइटेड मिसन नेपालले चलाएको स्कुल बाट तिक्ष्ण प्रतिभाका साथ शैक्षिक योग्यता प्राप्त गरेका बाबुराम भट्टराई योग्यता अनुसारको पेशा नपनाएर राजनीतिमा आएका नेता हुन । उनको राजनितिक गुरु मोहन बिक्रम सिंह हुन । पछी मशालमा प्रबेश गरे पछी संयुक्त जन मोर्चाको संयोजक बन्न पुगे । ४८ सालको पहिलो बहुदलिय निर्वाचनमा तेस्रो भएको उनको दल ५१ को चुनावमा एक स्थान पनि हासिल गर्न नसके पछी ४० सुत्रिय माग पत्र तत्कालिन प्रधान मन्त्री शेर बहादुर सँग बुझाएर सशस्त्र क्रान्तिमा होमिएका हो । त्यती बेला उनी मालेमाबाद लाई संसारको सबैभन्दा बैज्ञानीक बिचार मान्दथे ।

त्यो समयमा आपसी लडाईंले देशमा ब्यापक जनधनको क्षती भयो । यसको कारणमा उनी देशको सामन्ती सत्तालाई राजनीतिक ,आर्थिक र सैन्य रुपमा नस्ट गरेर नयाँ राज्य ब्यबस्था स्थापना गर्न चाहन्थे । त्यसैले सरकारी संरचना नस्ट गर्ने र गाउका अन्य राजनीतिक पार्टीका कार्यकर्ताको हत्या र केही खेतिपाती गरेर बर्ष भरी खान पुग्ने किसानको घर लुट्पाट र कुट्पिट अनी केहीको हत्या गर्ने कामहरु भए । उनको आदर्स भनेको पुरानो संरचना ध्वस्त पार्ने र भ्यागुतो उफ्राइको छलांग मार्दै नब निर्माण गर्ने थियो ।

त्यती बेलाको हिंसामा भएको ब्यापक धनजनको क्षती र मुलुकको अर्थ ब्यबस्था धरासयी हुनबाट खासमा बिदेशमा काम गरेर देशमा पठाएको बिप्रेषण बाट जोगिएको थियो । पछी ७२ को भुकम्पले त्यो समय उहाले सोचेको भन्दा ज्यादा पुराना संरचना नस्ट गरिदियो जसको पुनर्संरचना अहिले सम्म सकिएको छैन । बर्गिय कुराले मात्र क्रान्तिमा मानिस सहभागी नभए पछी उनले एउटा नयाँ सोच तयार पारे ।

४६ को बहुदल पछी बिभिन्न जाती ,धर्मले उठाउन सुरु गरेको सामाजिक र सांस्कृतिक एजेण्डाको शरण पर्न पुगे र आश्वासनका रुमानी सपना छरिदिए पछी युद्धले आकार बढाउन सफल भयो । बिभिद समुदायलाई जातिय राज्य दिने भनी जातिय र छेत्रीय मुक्ती मोर्चा गठन गर्दै त्यसको नेत्त्रित्व गरे । कुनै बेला सर्बहारा बर्गको अधिनायकत्व स्थापित नगरि क्रान्ति र हतियार नबिसाउने र क्रान्तिलाई धोक्का नदिने बाचा गरेका यिनी पछी देशमा संबिधान सभा निर्वाचन र नयाँ संबिधान तिर रुपान्तरित हुन पुगी क्रम भंग गरे ।

कुनै बेला भारतलाई बिस्तारबादी र अमेरिकालाई साम्राज्यबादी मान्ने गरेका यिनी देशमा हिंसा नियन्त्रण गर्न सेना परिचालन गरे पछी हामी भारतिय स्वार्थ लाई हानी पुर्याउदैनौ भन्दै संस्थापन पक्ष सँग संपर्क राख्दै युरोपियन युनियन तिर चिट्ठी पत्र लेख्न थाले । भारतीय पक्षले आफ्नो अभिभाबकत्वमा १२ बुदे सहमती गराइदिए पछी शान्ती प्रकृयामा समाबेश भए । पार्टी संबिधान सभामा पहिलो र ठुलो भएपछी बनेको मन्त्रिमण्डलमा अर्थमन्त्री बने । अर्थब्यबस्थामा संरचनात्मक परिवर्तन नगरे पनि राजस्व संकलनमा सफल थिए ।

२०५० साल तिर भारतीय प्रहरिले काठमाडौ बानेश्वरमा मदन कृष्ण श्रेष्ठको घरमा छापा मार्दा नेपाल बन्द समेत गर्ने तपाईं ;कंचनपुरमा सिमा रक्षा गर्दा गोबिन्द गौतम मारिए ,बांध निर्माण र तराइमा डुबान अनी सिमा स्तम्भ ढली रहदा तपाईंको राष्ट्रियता कता हरायो ? बिदेसी पुंजिलाई दलाल पुंजिबाद ठान्ने तपाईं लाई के कुराले भारत सँग बिप्पा सम्झौता गर्नु पर्ने भयो । कुनै समय गान्धी जस्तै बन्ने सतामा नजाने खुलासा गर्ने तपाईं गान्धी त बन्नु भएन नै गणेशमान सिंह सम्म पनि बन्न नसकी आफु प्रधानमन्त्री बन्न कमल थापा र मधेश केन्द्रित दल सँग समर्थन र भोट्को याचना गर्दै किन हिंड्नु भएको ? आफु सतामा रहदा सताको चाबी नेपाल बाहिर अन्त कतै रहेको बोध भएका तपाईंले त्यो चाबी देश भित्र ल्याउन के के गर्नु भयो ? कुनै बेला नेपाल उत्तर वा दक्षिण तिर मर्ज हुन सक्ने धारणा राख्नु हुन्थ्यो नि !!! संबिधान सभामा त्यती ठुलो दलको प्रधान मन्त्री बन्दा समेत संबिधान जारी नगरि किन बिघटन तिर लाग्नु भयो र संबिधान तुहाउनु भयो ।

दोस्रो संबिधान सभामा बिबाद समाधान मस्यौदा समितिको सभापति आँफै रहेर संबिधान जारी गरी सके पछी किन आँफै यो संबिधान ठीक छैन भन्दै धोती पाटा फेर्दै जनकपुर तिर भाषण गर्न पुग्नु भएको ? तपाईंको कुनै बेला माओबाद लाई सर्बश्रेस्ठ बैज्ञानीक बिचार पछी नयाँ सक्ती बन्नु बैज्ञानीक बिचार भयो ?? फेरी उपेन्द्र यादवको शरणमा पर्नु बिज्ञान सम्मत भयो ? उपेन्द्र यादब कुनै समय तपाईंकै कार्यकर्ता हुनुहुन्थ्यो र पछी मधेसी जनाधिकार फोरम जस्तो गैर सरकारी संस्था चलाई रहेका उनी लाहानमा एक मधेसी युबकले अर्को मधेसी युबकलाई गोली हानेर मारे पछी भड्किएको मधेस आन्दोलनका कारण स्थापित हुन पुगेका हुन । उक्त घटना न पहाडे मुलकाले गरेको थियो नत सरकारी पुलिस प्रशासनले गरेको थियो । एक समय तपाइलाई अत्यन्तै आदर्स मान्ने कार्यकर्तालाई गौर नर संहारमा कत्लेआम गर्ने डिजाइनर यादब लाई कानुनी प्रकृयामा नआइनै कसरी सुनपानी छर्केर गुरु थाप्नु भयो ?यो कुन बैज्ञानीक र बस्तुबादी हुन पुग्यो । ति गौरमा मारिएका कार्यकर्ताका परिवार माथि तपाईंको कुनै समवेदना बांकी छ कि छैन ?

तपाईंले यो संबिधान अन्तर्गतका उपलब्धीमा गणतन्त्र ,संघियता र धर्म निरपेक्ष्यता मान्नु भएको छ । एक समय तपाईंनै हो प्रीथिवी नारायण शाह देखी बिरेन्द्र सम्म लाई देश भक्त राजा देख्नु हुने के यो तपाईंको बिबेक दोष थियो ? राजा बिरेन्द्र सँग त अघोषित कार्यगत एकता नै गर्नु भएको थियो नि । नरोद्वम सिंहानुक प्रकारको राजतन्त्र ठीक हुने देखी केही सांस्कृतिक अधिकार सहितको राजा रहन सक्ने वकालत तपाईं नै गर्नु हुन्थ्यो होइन र ? जहाँ सम्म लोकतन्त्रको कुरा छ हिजो ६२, ६३ मा ज्ञानेन्द्र मुर्दाबाद भन्दै आन्दोलन सफल भएर आएको हो । तर तपाईंलाई संझना छ ? माओबादी पीडित संघको अधक्ष्य भन्ने ब्यक्तीले प्रचन्ड बाबुराम मुर्दाबाद भन्ने नारा रत्न पार्कमा लगाउदा २४ घण्टा पनि नबित्दै भरत सिलवाल लाई बागबजारमा हत्त्या गराउनु भएको होइन र ?

बल्ल तल्ल सात प्रदेश हुँदा समेत जनता कर माथि कर को मारमा परेका छन र कतिको नाम र प्रशासनिक केन्द्र समेत तोक्न नसकेको बेलामा तपाईंलाई अझ धेरै जातिय नामका प्रदेश थप्नु परेको किन होला ?यसो भयो भने सबैको अधिकार प्राप्ती हुन्छ ?नेपाली समाज बिल्कुलै मिस्रित होइन र?एउटै धारा इनारमा पानी भर्न जांदा देखी ,बन पाखा घांस दाउरा गर्न र बाख्रा बस्तु चराउन जांदा समेत के तपाईं बिभिन्न समुदायका मानिस देख्नु हुन्न ?एकल क्लस्टर नेपाली समाजमा थिएन । पहिलो मधेश आन्दोलन र पछी जन्मिएका गोइत ,ज्वाला ,टाइगर ,कोब्रा जस्ता हिंस्रक समुहको भौतिक आक्रमण र मनोबैज्ञानीक त्रास फैलाउदै पहाडी मुलका मानिस भगाउ आन्दोलनलका कारण अहिले न्वारान हुन बांकी २ नम्बर प्रदेश एक कलस्टरको रुपमा तयार भएको हो कि होइन ?

मधेश आन्दोलन अघी र त्यस पछीको समयमा मधेसमा भएको बसोबासको जातिय बनवटको फरक पन देख्नु भएको छ वा महसुस गर्नु भएको छ ?अहिले यो प्रदेसमा देशको राष्ट्रपतिको धार्मिक भ्रमण हुंदा कसरी सुन पानी छर्कने काम भयो ?बिदेशी प्रधान मन्त्री आउँदा गरिएको स्तुती गान समारोहमा देशको राष्ट्रिय झन्डाको अवस्था देख्नु भयो ?देशको सरहद भित्र रहेका कोही पनि नागरिकता बाट बन्चित हुनु हुँदैन्थ्यो तर ठुलो पारीमाणमा बितरण भएका नागरिकताको पारदर्सिता के तपाईंलाई थाहा छ ? हिजो राज्यले नै २ सन्तान इस्वरका बरदान भन्दै परिवार नियोजन कार्यक्रम लागु गरेको होइन ?

अहिले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण देखी राज्यका अंगहरुमा समानुपातिक प्रतिनिधित्व बस्तुबादी हुन्छ ?प्रदेशको निर्माण चांही एक मधेश एक प्रदेश ?? कहाँ गयो जनसंख्याको आधार ??? देशको संबैधानिक नियुक्तिको कुरा गर्दा हिजो तपाईंले आफ्नो प्रधानमन्त्री हुंदा नै जेठि सासु कैयु देबी यमिलाई लोक सेवा आयोगको अद्क्ष्य बनाउनु भएको होइन र ?अरुले गर्दा बिरोध गर्नुको नैतिक बल कहाँ निर छ ? पहिचानको कुरा गर्ने तपाईंले ईन्द्रजात्राको बजेट रकम किन रोक्नु भएको ?? औपचारिक कार्यक्रम र अन्तरराष्ट्रिय मन्चमा पहिचान झल्कने पोसाक किन बिस्थापन गरी टाइ सुटमा सजिनु भएको हो । तपाईं नै होइन इस्वी सम्बत लाई देशको राष्ट्रिय संबत बनाउन आवाज मुखर गर्ने ? तर्क थियो बजेट अनुकुल मिलान गर्न । बजेट्लाई संबत अनुकुल बनाउने कि संबत लाई बजेट अनुकुल बनाउन बिदेशी संबत अंगालो हाल्ने हो ??

२००७ सम्म स्कुल जान नपाएको नेपाली समाज भारतीय मुद्रा देखी पाठ्यपुस्क सम्म प्रयोग गर्दथ्यो होइन ?त्यस कुरालाई हटाएर नेपाली भाषा माध्यमको भाषा प्रयोग गर्दा यो भाषा केही अगाडि बढेको होइन ?? के यसले बहुभाषिक समाजमा संपर्क भाषाको काम गरेको होइन ??अहिले सात बर्ष देखी १७ बर्ष सम्म स्कुल गएका केटाकेटी कती प्रतिसतले सुद्ध नेपाली पढ्न र लेख्न सक्छन थाहा छ तपाईंलाई ??

यो भाषा नै बिदेसी प्रभाबमा परेको छैन ??बिद्यालय तहको सुरुवाती देखी हाइ स्कुल सम्म मात्री भाषा एक बिषयको रुपमा राखी नेवारी र मैथली जस्तै विश्वाबिद्ध्यालय तहमा अध्यापन गराउन सकिदैन ??सबै भाषाको समान संरक्षणको चिन्ता गर्ने तपाईं हिजो किन संस्क्रित भाषाका किताब जलाउने र विश्वाबिद्यालयमा पड्काउनु भएको के त्यसलाई संरक्ष्यण नगर्ने ??के तपाईं ले नै लोक सेवालाई आरक्षाण गराउनु भएको होइन ??समान सैक्षिक योग्यता प्राप्त गरेका २ समुदायका ब्यक्ती बिच क्षमतामा के फरक हुन्छ ??बरु आर्थिक बिपन्न परिवारकालाई समान स्तरको शिक्षा प्रदान गर्न राज्यले लगानी गरी समान प्रतिस्पर्धामा योग्य तुल्याउनु पर्दैन र ?कुनै पनि जिम्वेबारी बहन गर्न योग्यता क्रम हुनु पर्छ जस्तो तपाईंलाई लाग्दैन ?? ब्यक्ती वा समुदायलाई राज्यले सबलिकरण गर्ने कि आरक्षण गर्ने हो ?यी दुई बिचको फरक त तपाईंलाई थाहा छ नै । मकैको बिररुवा जहाँ उम्रेको छ त्यसमा मलजल गरी उत्पादन योग्य बनाउनु सबलिकरण हो भने त्यसलाई उखेलेर अन्य राम्रा बिरुवा भएका तिर स्थानतरण गर्नु आरक्षाण हो नि होइन र ?

तपाईंले गरेको जातिय बसोबासको कलस्टर लाई हेर्ने हो भने र ऐतिहासिकता लाई ख्याल गर्ने हो भने कृष्ण सँग आएका यादव ग्वाला यो देशको पहिलो सासक हुन कि होइनन ?स्वयम किरात हरु करिब १५०० बर्ष सम्म यो देशको शासन गर्ने सासक जाती मान्ने कि नमान्ने ?इतिहासको प्रामाणिकता लाई मान्ने हो भने मानदेवको चांगु अभिलेख पहिलो होइन ?जसको समयमा नेपाल पूर्वमा कोशी र पशिममा गण्डकी पारी सम्म थियो भनिएको छ भने पछी यसलाई एकिकरण भएको कि बिस्तारबाद मान्ने ?२४० बर्ष अघिको ईतिहास पढ्नु पर्दैन र ?कुनै नेपाली जातिय बिभेदको कारणले देशबाट लखेटिएर दक्षिणी भुटानी र रोह्योण्गा बर्मेली जस्तो शरणार्थी बन्नु परेको अवस्था हो ?बसोबासको प्राचिनता लाई हेर्ने हो भने तीन पुस्ता भन्दा बढी नभएको बिनोद चौधरी ,मोतिलाल दुगड देखी मोहन गोपाल खेतान जस्ता मार्बाडी समुहलाई के भन्ने होला ??पशिम जुम्लाका खस हरु माथि आक्रमण गरेर नै गोर्खाली ले मिलाएका होइनन ?नेपाल बनेका कारणले समुदायमा परेको सम्स्या देख्ने तपाईं मेची पारी दार्जीलिङको अवस्थालाई र कुमाऔ र गढवाल तिर यस्तो समस्या छ जतो लाग्छ कि लाग्दैन ?

तपाईंको अर्को उपलब्धी धर्म निरपेक्ष्यता हुनु अघी मुस्लिमले के जामे मस्जिदमा नमाज पढ्न नपाएको र खर्च सहित हज गर्न मक्का जान पाएका थिएनन ?तपाइ पढेको स्कुल सहित क्रिस्चियन मिसनरी स्कुल खुलेका थिएनन ??लामा हरु गुम्बामा भिक्ष्यु नभएका हुन र ?के अरुले पनि बैशाख पुर्णिमा मनाउदैन थिए र ?

के अमेरिका र बेलायत जस्ता पस्चिमा देशहरुमा गैर क्रिस्चियन ब्यक्ती शासन सत्तमा पुग्न सक्छन ?साउदिमा तपाईंकी श्रीमती घुम्टो नओडी घुमफिर गर्न सक्छिन ? १२ बर्षमा १२ हजार बढी चर्च खुल्नु धर्म निर्पेक्ष्यताको उपलब्धी हो र यसले कसको मौलिकताको जोगाड गरेको छ । तपाईंले सोछेको मोडलको समाज ब्यबस्था भएको नेपाली संरचनाको जस्तो मोडल भएका राष्ट्र विश्वमा कती होलान ?भारत र स्वीजरल्याण्डको समाज मोडल र नेपाली मोडल एकै हुन र ?तपाइ लाई दुनियाँमा कती इङ्लिस ,फ्रेन्च र स्पेनिस भासी तर स्वतन्त्र भनिएका देश हरु छन अबस्य ज्ञात होला । अमेरिकी महादेश देखी अस्ट्रेलिया र न्युजिल्यान्ड तिरका जातिको अस्त्तित्व र जल ,जमिन र जङलको स्वामित्वको अवस्था त तपाईंलाई ज्ञात छैन होला र ?

तपाईं भावना लाई नमान्ने र बिज्ञान सम्मत बिचार राख्ने ब्यक्ती लाई ; मान्छे ले आर्थिक मुल्य नभए पनि किन आफ्ना बाउ आमाको फोटो भितामा राक्छन थाहा छैन र ?तपाइको बिचार हिजो युद्ध गर्दा माओबाद ,अनी नया सक्ती बनाउदा त्यही बिचार अनी उपेन्द्रको काखमा सरण पर्दा पनि बैज्ञानीक नै हुने हो भने रगतको पम्प आज मुटुले पछी कलेजोले र फेरी कुनै अन्य अण्गले पनि गर्छ भन्ने मान्नु पर्ने हो त ???

बीरकाजी बस्नेत

प्रतिक्रिया