शनिबार, असार २७ २०७७
काठमाडौं १६:३७
वासिङटन डिसी 06:52

नेपाल जाने सपना अधुरै छाडेर अमेरिकामा विलाए खड्ग

गोफण्ड खातामा जम्मा भएको रकमको अपडेट सहित

इनेप्लिज २०७७ वैशाख २१ गते ३:३१ मा प्रकाशित


लुइभेल, केन्टकी । खड्गवहादुर गजमेर नेपाल जान चाहन्थे । तर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले उनको इच्छा पुरा हुन दिएन । उनको नेपाल जानुको एउटै इच्छा थियो । राम्ररी स्वास्थ जांच गराउने र औषधिहरु लिने । धेरै नेपालीहरु स्वास्थोपचारका लागि अमेरिका आउन चाहन्छन् तर खड्ग किन नेपाल जान चाहन्थे त ?

वुवाको पहिला देखि नै छाती दुख्थ्यो तर जचाउन जान मान्नु भएको थिएन, वुहारी सपना गजमेरले भूटनीज सोसाइटी अफ केन्टकीद्वारा शनिवार आयोजित फेसवुक लाइभमा भनिन्, पहिलानै आमालाई जचाएको धेरै वील आएको थियो, त्यसैले वुवा कहिले पनि अस्पताल जान मान्नुभएन ।

अस्पतालमा गएर राम्ररी नजचाएकोले स्वर्गीय गजमेरलाई अन्य केही रोग थियो वा थिएन भन्ने समेत जानकारी छैन ।

परिवारको प्रमुख व्यक्ति भएको हुनाले स्वर्गीय गजमेरले अमेरिका आएपछि परिवार पाल्न काम गर्नुपर्यो । काम गरेपछि स्वभाविक रुपमा तोकिएको भन्दा वढी आम्दानी भएपछि सरकारी वीमा प्राप्त गर्न सकेनन्, जसले गर्दा आफ्नो स्वास्थ जांच गराउन सधै हिच्किचाइरहे ।

नेपालमा गएर जचाउंछु, गम्भीर विराम रहेछ भने मात्रै यहां फर्किएर काम छाडेर भएपनि मेडिकेड (सरकारी वीमा) उठाउंछु र उपचार गर्छु भन्नुहुन्थ्यो तर कोरोनाले लगिहाल्यो, सपनाले भनिन् ।

खड्गवहादुर मात्र होइन, परिवार अरु तीनजनालाई पनि संक्रमण भएको छ, संक्रमण नभएका परिवारका सदस्य पनि क्वारेन्टाइनमा वसेका कारण परिवार आर्थिक संकटमा परेको छ, लुइभेल नेपाली अगापे चर्चका युथ पाष्टर गोविन परियारले भने ।

अमेरिकामा अन्त्येष्टि पनि अत्यन्त महंगो हुने गर्छ । स्वर्गीय गजमेरको शनिवार मात्रै अन्त्येष्टि सम्पन्न भयो, जसको लागि ८ हजार डलर खर्च भयो ।

चार हजार डलर फनेरल होममा र चार हजार डलर ग्रेभयार्डमा खर्च भयो, युथ पाष्टर गोविनले भने ।

सन् १९७८ भूटानमा जन्मिएका स्वर्गीय गजमेर झापाको बेलडाँगी शिविरमा २० वर्ष लामो शरणार्थी जीवन विताएर अमेरिका पुनस्थापित भएका थिए ।

स्वर्गीय गजमेरको परिवारको सहयोगका लागि भूटनीज सोसाइटी अफ केन्टकीले गोफन्डमा खाता खोलेको छ, जसमा अहिलेसम्म १ हजार ४ डलर जम्मा भएको छ । सोसाइटीका अध्यक्ष जीवन विष्ट र कार्यक्रम संयोजक भीम कोइरालाले गोफण्ड खातामार्फत स्वर्गीय गजमेरको परिवारलाई सहयोग गरिदिन हार्दिक अनुरोध गरेका छन् ।

गोफण्ड खातामा अहिलेसम्म सहयोग गर्नेहरुमा भूटनीज अमेरिकन हिन्दु सोसाइटी २५१ डलर, सुरेश गजमेर १५१ डलर, हरि कार्की ५० डलर, भीम मगर ४५ डलर, विश्व थापा ३५ डलर, प्रकाश नेपाल ३५ डलर, थल कोइराला २५ डलर, ढाका आचार्य २१ डलर, गोमा आचार्य २१ डलर, भीम कोइराला २५ डलर, किशोर सापकोटा २५ डलर, भूवन राइ ३० डलर, रिवाज खतिवडा २५ डलर, वांसु शेर्पा २० डलर, हरि दाहाल २१ डलर, मंगलसिंह कालिकोटे २१ डलर, टेक सुव्वा २५ डलर हुनुहुन्छ भने थुप्रै व्यक्तिहरुले आफ्नो परिचय नखुलाई सहयोग जम्मा गर्नु भएको छ ।

स्वर्गीय गजमेरको परिवारलाई कोही सहयोग गर्न इच्छुक भएमा घरमा गएर ड्राइभ वेमा पनि सहयोग छाड्न सकिने युथ पाष्टर गोविन परियारले वताउनुभयो । घरका सवै सदस्यहरु क्वारेन्टाइनमा भएकोले भेट्न भने संभवना भने छैन ।

सहयोगका लागि घरको ठेगाना यस प्रकार छ :

1531 Knight Rd, Louisville, KY  40216

सहयोगका लागि गोफण्डको लिंक यस प्रकार छ :

https://www.gofundme.com/f/please-help-khadka-bahadur-gazmer-family

प्रतिक्रिया