रेडियो नेपालकी पहिलो गायिक अधिकारीको निधन

मनोज दाहाल २०७७ वैशाख १९ गते २२:११ मा प्रकाशित

विराटनगर । रेडियो नेपालकी प्रथम गायिक एवं स्वतन्त्र सेनानी रानुदेवी अधिकारीको निधनले विराटनगरवासी स्तब्ध भएका छन्। उहाँको ८६ वर्षको उमेरमा गएराति काठमाण्डौँ मेडिकल कलेजमा निधन भएको छ।

विराटनगर कोइराला निवासका विश्वासिलो पात्र तथा नेपाली काङ्ग्रेसकी आस्थावन स्वर्गीय अधिकारीलाई चिन्ने, जान्ने एवं सम्बन्ध हुने मानिसहरु उहाँको निधनल गहिरो दुःखमा छन्।

सन् १९३६ नोवेम्बर २७ तारिखमा वीरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको थियो । उहाँले वि.स. २००७ साल कृष्णप्रसाद कोइरालाका छोरा तारणीप्रसाद कोइरालाल विराटनगर स्थित रघुपति जुट मिलमा स्थापना गर्नुभएको रेडियोको पहिलो गीत गाउने र समाचार वाचन गर्ने काम गर्नुभएको थियो । विराटनगरको आदर्श बालिका विद्यालयमा अध्यापन गर्नु भएकी अत्यन्त सरल स्वभावकी  हुनुहुन्थ्यो रानुदेवी।

निरङ्कुशता विरुद्धको प्राजातान्त्रिक आन्दोलनमा उहाँले कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेको विराटनगर साहित्यककार दधिराज सुवेदीले जानकारी दिनुभयो ।उहाँले पहिलो पटकमै छ वटा गीत रेकर्डिङ गर्नुभएको थियो भने रानुदेवीको जीवनीमा आधारित ‘मेरो कथा’ नामक पुस्तकर वरिष्ठ पत्रकार शङ्कर खरेलले प्रकाशन गरे सँगै उहाँको थप चर्चा चुलिएको थियो ।

जनआन्दोलन पछि केही सयमका लागि नेपाल महिला संघ मोरङको अध्यक्ष समेत हुनु भएकी स्वर्गीय अधिकारी २०३६ सालको शिक्षक आन्दोलनमा जेल पनि पर्नु भएको थियो ।
स्वर्गीय अधिकारीको एक छोरा र दुई छोरी छन्।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया