नेपाली कविता बिधाकै पहिलो चलदृश्य सार्बजनिक

इनेप्लिज २०७७ वैशाख १८ गते २१:१६ मा प्रकाशित

बुक सेलरले प्रकाशनमा ल्याएको कवि , लेखक , तथा गीतकार बिकास थापाको चौथो कविता संग्रह” ओकलेर आगो “भित्र रहेको एक चर्चित कविता हो “बुझ्नै सकिनँ आज तिमिलाई”। उक्त कविता माथि नेपाली कविता बिधामा नै पहिलो पटक सिनेम्याटिक चलदृष्य निर्माण भएको छ । उक्त चलदृष्य कवि तथा निर्देशक हेमप्रभासको परिकल्पना तथा निर्देशनमा तयार भएको हो । चलदृष्य गत बर्ष चोभारमा छायाँकन गरिएको थियो।

नेपाली कविता बिधालाई थप उचाईमा पुर्याउनको लागी नै यो चलदृष्यको निर्माण गरिएको भन्नु हुन्छ निर्देशक तथा कवि हेमप्रभास । उक्त चलदृष्य यूट्यूब मार्फत सबैले हेर्न सक्ने गरि बजारमा आएको छ ।हेमप्रभासको निर्देशन ,संगीतकार सुदीप सागरको सुमधुर संगित रहेको यस कविताको चलदृष्यको सिनेम्याटोग्रामफर बिरेन्द्र भाट “बिपिन” हुनुहुन्छ भने धेरै चलचित्रमा अभिनय गरिसक्नु भएका प्रसिद्द नायक पुष्पल खडका र नायिका बर्षा शिवाकोटिको उत्कृष्ट अभिनयले यस चलदृष्यले थप उचाई लिएको छ । कविताको सिनेम्याटिक चलदृष्यमा देशकै ख्यातिप्राप्त नायक नायिकाको यो अभिनयनै पहिलो हो ।

संसारमै कविताको सिनेम्याटिक प्रक्रिया अनुसार चलदृष्यमा रुपान्तर भएको उदारण र इतिहास खासै छैन । यस भन्दा अघि केही प्रयासहरू नभएका भने होइनन्। तैपनि ती प्रयासहरू पुर्णतय प्राबिधिक र सिनेम्याटिक हुन र छन् भनि दावा गर्ने कुनै आधार छैनन् । कविता सिनेम्याटिक प्रक्रिया अनुसार चलदृष्यमा रुपान्तरित हुनको लागी केही कुराहरू अपरिहार्य छन् ।

जस्तो , यो प्रक्रिया पुरा हुनको लागी न्यूनतम पनि चलदृष्यको स्क्रिप्ट ,प्रस्तुति शिल्पसज्जा, साउन्ड डिजाइनिङ, म्यूजिक कम्पोजिसन, मिक्सिङ, एडिटिङ, फ्रेमको एस्पेक्ट रेसिओ, स्क्रिन डिरेक्सन, कुनै सिनेमामा अभिनय गरिसकेका ख्याति प्राप्त कलाकारहरूको अभिनय रहेको हुनुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा कविता सिनेम्याटिक प्रक्रिया अनुसार लेखिएको हुनुपर्छ । जसमा कविताको बिम्व भित्र दृश्यहरू हुन पर्छ र बिम्वहरू दृष्यसँगै चलायमान हुन जरुरी छ। अनि मात्र कविता सिनेम्याटिक हुन सक्छ ।

यी सबै कोण , पक्ष र प्रक्रिया पुरा भएको छ भने मात्र उक्त कवितालाई सिनेम्याटिक प्रक्रिया अनुसार चलदृश्यमा रुपान्तरित गर्न सजिलो हुन्छ र यस्तो कवितालाई सिनेम्याटिक कविता मान्न सकिन्छ । आगामी दिनमा कविता सिनेम्याटिक प्रक्रिया अनुसार चलदृष्यमा रुपान्तरित हुनु अघि त्यसको प्रबिधिक पक्ष बारे गहिरो ज्ञान हुन जरुरी हुन्छ।

कविताको सिनेम्याटिक चलदृष्यमा रूपान्तरण नेपाली साहित्य र नेपालि कविता बिधामा नै यो पहिलो र नितान्त नौलो प्रयोग हो । यो चलदृष्य भोलिका दिनमा बिभिन्न भाषामा अनुवादित भएर डिजिटल प्रबिधि मार्फत संसारभर पुग्दा यसले नेपाली कविता र नेपाली साहित्यलाई अबश्य पनि एक शिखरमा पुर्याउन धेरै सहयोग गर्ने छ भन्नु हुन्छ निर्देशक हेमप्रभास ।

प्रतिक्रिया