रसियाका प्रधानमन्त्री मिसुस्टिनलाई कोरोना संक्रमण

इनेप्लिज २०७७ वैशाख १८ गते १९:५८ मा प्रकाशित


डिसी । रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस संक्रमण भएको छ । रसियामा भाइरस संक्रमितहरुको संख्या अहिले १ लाख भन्दा वढी पुगिसकेको छ ।

गत जनवरीवाट प्रधानमन्त्रीको भूमिकामा सक्रिय रहेका मिसुस्टिनी कोरोना नियन्त्रणको लागि सक्रियताका साथ क्रियाशिल रहेका थिए । रसियाको टेलिभिजनले प्रधानमन्त्री मिसुस्टिनले राष्ट्रपटि भ्लादिमिर पुटिनलाई आफुलाई कोरोना संक्रमण भएको जानकारी गराइ रहेको भिडियो सार्वजनिक गरेका थियो ।

उनी आफ्नो कार्यभार अर्का प्रथम उपप्रधानमन्त्री एन्ड्रेइ विलोसोभलाई हस्तान्तरण गरेर एकान्तवासमा गएका छन् ।

प्रतिक्रिया