ऋषि कपुर अब रहेनन

इनेप्लिज २०७७ वैशाख १८ गते १०:५९ मा प्रकाशित

बलिवुडका प्रख्यात अभिनेता तथा कलाकार ऋषि कपुरको आज बिहान निधन भएको छ । उनको ६७ बर्षको उमेरमा ल्यूकेमिया अर्थात् रगतको क्यान्सर(रक्त अबुर्द रोग )बाट भएको हो । बिहिबार बिहान ८ बजेर ४५ मिनेटमा उनको निधन भएको परिवारले जनाएका छन् ।

उनले अन्तिम समय सम्म पनि अस्पतालमा चिकित्सक स्वाथ्यकर्मीहरुलाई हँसाइरहे र उनीहरुलाई मनोरञ्जन प्रदान गरिरहे । उनको मृत्यु हुँदा उनका साथमा पत्नी नीतू कपुर र छोरा रणबीर कपुर उपस्थित थिए ।

सन् २०१८ मा ऋषि कपुरलाई क्यान्सर भए पछि उनि उपचारका लागि अमेरिका आएका थिए । ११ महिना पछि गत वर्ष सेप्टेम्बरमा भारत फर्किएका थिए ।

उनले बिगत एक महिनादेखि सामाजिक संजालमामा केही लेखेका थिएनन् । उनको जन्म जन्म ४ सेप्टेम्बर ,१९५२ मा मुम्बईको चेम्बूरमा भएको थियो । उनी राज कपुरका माहिलो छोरा र पृथ्वीराज कपुरका छोरा थिए ।

ऋषि कपुरले सन् १९७० मा बुवाको चलचित्र ‘मेरा नाम जोकर’ बाट अभिनय सुरु गरेका थिए । जस्मा उनको बाल कलाकार रही अभिनय गरेका थिए ।

उनले बबी नामक चलचित्रमा नायक को भूमिका अभिनय गरि सुरुवात गरेका थिए भने हाल सम्म उनले १९७३–२००० सम्म ९२ वटा चलचित्रमा प्रेम प्रशंगयुक्त (रोमान्टिक)नायकको भूमिका निभाए । उनले एकल नायकको रुपमा ५१ फिल्ममा अभिनय गरे । उनले श्रीमती नीतूसँग १२ वटा चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया