बिहीबार, असोज ७ २०७८
काठमाडौं १४:५८
वासिङटन डिसी 05:13

जुम भिडीयो कलमा तीन कोइराला नेताहरुसगं सम्वाद सम्पन्न

इनेप्लिज २०७७ वैशाख १७ गते २२:२८ मा प्रकाशित

जिपि कोइराला फाउण्डेशन अमेरिकाले आयोजना गरेको जुम भिडीयो कलमा तीन कोइराला नेताहरुसगं सम्वाद सम्पन्न भएको छ ।

राष्ट्रिय-अन्तराष्ट्रीय जिपि कोइराला फाउण्डेशनसगं आबद्व भएका सबै संयोजक एवम् सल्लाहकार र एनआरएनका साथीहरुलाई आमन्त्रण गर्दै कोभीड-१९ को महामारीमा नेपाल सरकारको तयारी र कोरोना कहरको महामारी पछिको अर्थ व्यवस्था र नेपाली काग्रेंसको भुमीका अनी भविष्य बिषयक जुम(Zoom) भिडियो कल लाईभ बहस गत अप्रील २८, २०२०, न्यु-यार्कको समय अनुसार बेलुका ११:१५ वाट सुरु भएर बिहानको १ बजे चलेको थियो ।

यस बहसमा प्रमुख अतिथिमा सुजता कोइराला-पुर्व उप-प्रधान मन्त्री एवम गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष, विशिष्ट अतिथि डा. शसाकं कोइराला-ससंद एवम् महामन्त्री नेपाली काग्रेंस र विशेष अतिथि डा. शेखर कोइराला-केन्द्रीय सदस्य नेपाली काग्रेंसको उपस्थिति रहेको थियो।

जिपि कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कार्यक्रम संचालक गरेका थिए ।

यस लाईभ वहसमा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद डा. शसाकं कोइराला ले कोभिड-१९ को यो महामारी मा विश्वभर रहेका नेपालीहरुलाई सतर्क रहदै स्वस्थ रहन आग्रह गर्नु भयो।

महामन्त्री कोइरालाले नेपाली काग्रेंस को १४औअधिवेशनवाट नयाँ नेतृत्व आउने दावी गर्दै नेपालमा अब कृषि क्रान्तिले अर्थ व्यवस्था उकास्न सहयोग गर्छ भन्नु भयो। महामन्त्रीले यस कोभीड-१९ ले हामी सबैलाई ठुलो चुनौतीसगं सगैं एउटा ठुलो अवसर पनि दिएको जिकीर गर्नु भयो र अब हामीलाई नयाँ सोच र विचार को बहस गराउन वाध्य गर्यो भन्नु भयो।

यसै वहसमा बोल्दै केन्द्रिय सदस्य एवम् प्रभावशाली नेता डा. शेखर कोइराला ले नेपाल सरकार कोभिड-१९ रोक्न कुनै स्पष्ट कार्यक्रम को योजना नल्याएको र यस महामारी पछिको देशको अवस्थालाई सरकारले मुल्याङकन गर्न चुकेको छ भन्नु भयो।

प्रभावशाली नेता कोइराला ले कांग्रेसले देशको निकास दिनका लागि सक्रियताका साथ अघि बढदै पार्टी को १४ औ अधिवेशन यो २१ औ शताब्दी को हाई टेक्नोलोजि प्रयोग गर्दै समयमै गर्नु पर्ने धारणा राख्नु भयो। वहाँले कांग्रेस अब पनि नसुध्रीए ठुलो घाटा हामी सबैलाई हुनेछ भन्नु भयो।

कांग्रेसकी केन्द्रिय सदस्य, पूर्व उप-प्रधान मन्त्री एवम् गिरिजा प्रसाद कोइराला फाउण्डेशन की केन्द्रीय अध्यक्ष सुजता कोइराला ले सरकारले कोरोनाको महामारीको मौका छोपेर जनतालाई राहत दिन को सट्टा सत्ताको खेलमा लागेको आरोप लगाउनु भयो। वहाँले कम्युनिस्ट सरकारले देश र जनता का लागि एउटा योजना समेत नरहेको भन्नु भयो।फाउण्डेशन की केन्द्रीय अध्यक्ष कोइराला ले देश यस्तो चपेटा मा परेको वेला नेपाली काग्रेंसका सबै नेताहरु एक भएर गम्भीरताका साथ देशलाई निकास दिनका लागि आग्रह गर्नु भयो।

यस लाईभ जुम वहसमा अमेरिका लगायत विश्वभर रहेका गिरिजा प्रसाद कोइराला फाउण्डेशन सगं आवद्व संयोजक र सल्लाहकारहरु तथा एनआरएनमा रहेका नेताहरुको उपस्थिति रहेको थियो।

फाउण्डेशन क्यानडाका अध्यक्ष तुलसी पौडेल र सल्लाहकार डा. बिनोद पगेनि, मकाउकी अध्यक्ष निर्मला थापा मगर, दक्षिण कोरियाका अध्यक्ष डा.अग्नि कोइराला, ओसेनियाका अध्यक्ष रमेश छत्कुली, तासमानियाका अध्यक्ष नवराज मुडवरी र अस्ट्रेलिया का अध्यक्ष दिलीप कुमार पोख्रेल, जापानका अध्यक्ष कुमार कार्की, युरुप का सल्लाहकार डा. शिवाजी श्रेष्ठ, अमेरिकाका सल्लाहकार मोहन सिंह बिष्ट-सस्थांपक सदस्य जनसम्पर्क समिति( वी.पी.वावु सगं,बम्बे, भारत), न्यु जिलेन्डका सल्लाहकार बुद्वी सागर घिमिरे ,प्रदेश-३ संयोजक रीता खनाल ले आ-आाफ्नो मन्तव्य राख्नु भएको थियो।

मन्तव्य कै क्रममा नेजससअ का पुर्व संयोजक बिष्णु सुवेदी, एनआरएन अमेरिका का पुर्व अध्यक्ष डा.केशव पौडेल, एनआरएन अमेरिका पुर्व सिनियर उपाध्यक्ष कृष्ण पौडेल, एनआरएन संयुक्त राज्यका नेता आर. के. त्रीपाठी, लायन्स क्लब नेपालका गोभरनर राजन खत्री, प्रोफेसर डा. केशव भट्टराई, पुर्व नेवि सघं केन्द्रीय सदस्य ज्ञानल थापा हरुले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।

फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्ले, मानार्थ सदस्यहरु देशराज संयोग, कृष्ण राज गीरी र भरत अर्याल, केन्द्रीय सदस्य बिनोद थापा, सुर्य सिमखडा, क्यानडावाट उपाध्यक्ष निरन्जन थापा, महासचिव बिद्व्या भुषण कार्की, सचिव उज्जल गौतम, प्रवक्ता राम कृष्ण रेग्मी, केन्द्रीय सदस्य प्रमेस गुप्ता, दक्षिण कोरीया का महासचिव किशोर कोइराला, नै.का. नेता ज्ञानेन्द्र कार्की-टेक्सस, नेवि सघं अमेरिकाका पुर्व सभापति प्रभात सापकोटा, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अन्नत राज सुवेदीहरु को पनि सहभागिता रहेको थियो।

युरोप की संयोजक सीता सापकोटाले टाईम जोन नमिलेकोले उपस्थित हुन सकेनौ भन्नु भयो।यसै वहस कार्यक्रमको अन्त्यमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का उपाध्यक्ष सुवर्ण लामाले धन्यवाद ज्ञापन गर्नु भयो।

अध्यक्ष सोमनाथ घिमिरेले गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड-१९ को महामारीको चपेटामा पर्नु भएका न्यु-यार्कका नेपालीहरु लाई यस फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्दै सेवा नै धर्म हो भन्ने मुल नारा का साथ फाउण्डेशन अघि बढी रहेको छ भन्नु भयो।

प्रतिक्रिया