बुधबार, जेठ १४ २०७७
काठमाडौं १८:३७
वासिङटन डिसी 08:52

भावपूर्ण श्रद्धाञ्जली : भर्जिनिया सेन्टरभिलका महेश पन्थी हामी बीच अब रहनु भएन

विजय थापा २०७७ वैशाख १७ गते ०:२१ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…

अप्रिल २८,२०२०,डिसी । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा बस्दै आउनु भएका महेश पन्थी अब हामी बीच रहनु भएन् । यस दुखद घडीमा ईनेप्लिज परिवार हार्दिक समवेदना प्रकट गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति पर्दान गरुन भनि ईश्वर संग प्रार्थना गर्दछौ ।

ईनेप्लिजका शुभ चिन्तक रहनु भएका पन्थीको निधन अप्रिल २८,२०२० का दिन बिहान करिव ९:३० बजे भर्जिनियाको फेयरफ्याक्स काउन्टी स्थित इनोभा फेयर ओक्स अस्पतालमा भएको परिवारका सदस्यले जनाएका छन् ।

स्व पन्थी कोभिड-१९ बाट संक्रमित हुनु हुन्थ्यो भने बिगत करिव २० दिन देखि अस्पतालमा भर्ना हुनु भएको थियो । स्व पन्थी ललितपुर कुपन्डोल निवासी हुनु हुन्थ्यो भने बिगत करिव एक दशक भन्दा ज्यादा समय देखि अमेरिका रहदै आउनु भएको थियो ।

नेपालमा रहदा उहा प्रसिद्ध भकुण्डो खेलाडी हुनु हुन्थ्यो भने उहा ४८ बर्ष पुरानो भकुण्डो टोली फ्रेन्ड्स कल्बका प्रसिद्ध खेलाडी हुनु हुन्थ्यो । स्व पन्थी भर्जिनिया राज्यको सेन्टरभिल शहरमा श्रीमती,छोरा र छोरीसंग बस्दै आउनु भएको थियो ।

स्व पन्थी पहिला आफू अमेरिका आए पछि छोराछोरीलाई पछि अमेरिका बोलाउनु भएको थियो । उहा भर्जिनियाको फल्सचर्च स्थित एबिसी पसलमा काम गर्नु हुन्थ्यो । उहाको निधनले उहालाई चिन्ने सबैले गहिरो दुख व्यक्त गर्दै समबेदना प्रकट गरेका छन् । यस कठिन परिस्थितिमा कसरी परिवारलाई सहयोग गर्ने सकिन्छ भनि परिवारका सदस्यहरुलाई सम्पर्क गरि रहेका छन् ।

बाल्टिमोरका सामाजिक अभियन्ता तथा बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठले दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा सहन सक्ने शक्ति प्रदान गरुन भन्दै उहा प्रति समबेदना दिएका छन् । अस्पतालले उहाको शवलाई परिवारलाई बुझाई सकेको छ भने उहाको शव भर्जिनियाको स्यानटिली स्थित अन्त्येष्टि गृहमा ल्याईएको छ ।

ईनेप्लिजले उहाका परिवारका सदस्यसंग कुरा गरेको छ भने आगामी शुक्रबारसम्म अन्तिम दाह संस्कार गरिने छ ।

प्रतिक्रिया