कोरोनाको कथा र आशाको किरण

बिनोद कुमार पोख्रेल ,हाल न्यूयोर्क २०७७ वैशाख १६ गते ०:५८ मा प्रकाशित

हामी अहिले जुन भुगोल र अवस्थामा छौ यहा बटा हेरि रहदा वा कुनै प्रसंगको कुराहरु गर्दा कोरोना संग समबन्धि तथ्यहरुको बारे जानकारी नराखि अघाडी बढदा बिषय र प्रसंग अधुरै रहन्छ भन्न्नेमा फरक नपर्ला। डिसेम्बर २०१९ मा चाईना बाट सुरु भएको कोरोनाको माहामारी अहिले ४ महिना भन्दा बढि भै सकेको छ भने यस अबधिमा बिश्वमा ३० लाख ५०हजार भन्दा बढि संक्रमित भै सकेका छन भने २ लाख १० हजार भन्दा बढिको मृत्यु भैसकेको छ ।

र यस अबधिमा ९ लाख भन्दा बढि संचो भएर घर फर्कि सकेका छन भने करिब १९ लाख २३ हजार अझै उपचारको क्रममा छन ति मधे करिब ५६ हजार बिरामी गंभिर अबस्थामा छन। बिश्वको कुल संक्रमित को करिब ३३ प्रतिसत अर्थात १० लाख ३ हजार मात्र अमेरिकामा रहेका छन भने बिश्वको कुल मृत्यु को करिब २७ प्रतिसत अर्थात ५६ हजार भन्दा बढि को मृत्यु अमेरिकामा भएको आजको रेकर्डमा देखिन्छ। बिश्वकै ईपिक सेन्टरको रुपमा रहेको अमेरिकाको न्यूयोर्क राज्यमा मात्रै बिश्वको कुनै एउटा पुरै देश भन्दा धेरैनै अर्थात २ लाख ९७ हजार संक्रमित भै सकेका छन जहाँ दोस्रो बढि संक्रमित देश स्पेनमा आजका मिती सम्म २ लाख २९ हजार मात्र संक्रमित रहेका छन भने न्यूयोर्कमा मात्र २२ हजार ६ सय भन्दा बढिको मृत्यु भै सकेको छ।

चाईनाको हुवान प्रान्तबाट सुरु भएको यस रोग गत डिसेम्बरको अन्त सम्म तेहा करिब दर्जन भन्दा बढी मान्छेमा सरि सकेके थियो र जनवरि ११, २०२० मा कोरोना भाईरस बाट ६१ बर्षिय व्क्तीको पहिलो मृत्यु भएको थियो । जब यो हुवानमा भाईरसको एक व्यक्तीबाट अर्को व्यक्तीमा सरि फैलन थाल्यो सरकारले हुवानलाई पुर्णरुपमा लक डाउन गरेको थियो र ३० जनवरि २०२० मा बिश्व स्वाश्थ संगठनले बिश्व स्वास्थ संकटकाट घोषणा गर्दै सारा बिश्वलाई सचेत गराएको थियो र फेब्रुवरी ११ मा कोरोना भाईरसलाई कोबिद-१९ नामाकरण गरिएको थियो।

यसरि चाईनाबाट सुरु भएर जापान, दक्षिण कोरिया, थाईल्यान्ड हुदै बिश्वमा फैलने क्रम सुरु भएको हो यसै क्रममा जनवरी २०, २०२० मा पहिलो पटक अमेरिकाको वासिंटन राज्यमा एक जना ३५ बर्षिय पुरुषलाई यो रोगको पहिलो पटक प्रमाणित भएको थियो । अमेरिकामै कुनै ट्राभल हिस्ट्रि समेत नभएको कोरोनाबाट पहिलो व्यक्तीको मृत्यु फेब्रुवरी २९ मा वासिंटन राज्यकै किर्किल्यान्ड भन्ने सहरमा भएको थियो।

सोहि सहरको नजीकै अर्को अस्पतालमा केहि दिन अघाडी फेब्रुवरी २६ मा दुईजनाको समेत मृत्‍यु भएको थियो उक्त घटनालाई पछि पहिलो घटना भनेर रेकर्ड गरिएको थियो भने फेब्रुवरी ५ मा सान्ता क्लारामा भएको एउटा मृत्‍यु पनि कोबिद -१९ बाटै भएको पहिलो हुन सक्ने भनिएको थियो।

यसरि अमेरिकाको पुर्बी राज्यहरु वासिंटन र क्यालिफेर्नियामा कोरोनाबाट आफ्नो नागरिकको मृत्‍यु भैसक्दा पनि नियन्रणको कुनै चासो नदिएको अमेरिकी सरकार जब मार्च १, २०२० मा न्यूयोर्क मा पहिलो कोरोना टेस्ट प्रमाणित भयो तेस पझि केही झस्किएको थियो र यसका नियन्त्रणका उपाएहरु खोज्दै थियो।

बिश्वको आर्थिक तथा व्यापारिक केन्द्र कै रुपमा रहेको र धैरै देशहरुको सिधा हवाई आवागमन भएको न्यूयोर्क सहर नियन्त्रण तेती सहज त थिएन नै तथापी प्रारम्भिक दिनहरुमा बिषेश सतर्कता पनि अपनाईएको थिएन फलस्वरुप मार्च १४, २०२० मा न्यूयोर्कमा पहिलो पटक कोरोना बाट एक ८२ बर्षिय महिलाको मृत्‍यु भएको घोषणा गरिएको थियो भने उक्त दिन सम्म् न्यूयोर्कमा ५२४ जनालाई कोरोना संक्रमित भएको प्रमाणित भैसकेको थियो। सोहि घटनाको पुर्ब जानकारी भए पश्चात मार्च १३ मै राष्ट्रपती बाट देश भर राष्ट्रीय संकटकाट घोषणा गरिएको थियो ।

स्टेट गभर्नरले मार्च १६ देखि सबै स्कूलहरु बन्द गरिएको थियो भने मार्च २१ देखि अत्याबस्यक सेवाका क्षेत्र बाहेक सबै व्यापार व्यबसाय बिश्व बिध्यालय कलेज बन्द गर्ने घोषणा गरिएको थियो र नागरिकलाई अति आबस्यक काम बाहेक घर बाट ननिस्कन र निस्कनु नै पर्दा सामाजीक दुरी काएम गर्न अनुरोध गरिएको थियो ।

र यो अनुरोध अहिले पहिले कुनै समय सिमा नतोकिए ता पनि पछि अप्रिल ३० समिम कायम गरिएको थियो र अहिले सो अबधी बढाएर मे १५, २०२० सम्म बढाईएको छ । र जरुरि काममा बाहिर निस्कदा मास्क लगाउन र सामाजीक दुरी कायम गर्न अनिबार्य गरिएको छ। जुनबेला न्यूयोर्क बन्द गरियो यहाँ संक्रमित संख्या ८५०० पुगि सरेको थियो।

न्यूयोर्कका गभर्मर कुमोलेन मे १५ सम्म गरिएको बन्द स्टेटका केहि सिटीहरुमा अरु केहि दिन बढाउन सकिनेछ भन्ने बताई रहेका छन। भर्खरै सिटीमा करिब ७५०० जनालाई आकस्मिक एन्टीबडी टेस्ट गरिएकोमा करिब २५% सहरका व्यक्तीहरुमा पोजेटिभ देखिएको छ भने सिटी बाहिर करिब १५% व्यक्तीहरु मा पोजेटिभ देखिएको छ ।

जस अनुसार कुल २ मिलियन व्क्ती न्यूयोर्क राज्यमा संक्रमित भएको अनुमान गर्न सकिन्छ।उनका अनुसार गत हप्ता मात्र हजारौ प्रहरी, दमकल कर्मचारी, स्वास्थ कर्मी तथा यातायात कर्मचारी कोबिद-१९ प्रमाणित भएकोले कुनै पनि हालतमा यो बन्द लाई खुकुलो पार्न नसकिने यहाका गभर्नरले बताएका छन।

कोरोनाको कहर बिश्व बाटै गत हप्ता देखि केही घटदै गई रहेको तत्थ्य अंकहरुले त देखाई रहेका छन तर सुरुआती दिन मा यहाँ १ हजार संक्रमित हुदा जुन डर त्रास र भय देखिन्थ्यो ।

अहिले ३०-३५ हजार बाट दिनमा २०-२५ हजार मात्रको संक्रमितको खबर आईरहदा पनि धेरै हलुका भएको र केहि आशा जागेर आएको अनुभुती गरिएको छ। जस्को मुख्य कारण पहिले सुरुआती दिनहरुमा यस रोगको बारे बिस्त्रित जानकारीहरु नहुनु, यसका लक्षणहरु बारे पनि फरक फरक धारणा आई रहनु, बिश्वमै स्वास्थ सुरक्षा सामाग्रीहरुको सर्टेजभै सहज रुपमा उपलब्ध नहुनु, अस्पतालहरुमा प्रयाप्त बेड र उपकरणहरु नहुनु र रोगको आसंका हुदा पनि सहज परि़क्षण हुन नसक्नु नै थियो ।

तर अहिले यस्को केहि सहजता देखिएको छ भने यस्को उपचार तथा भ्याक्सिन तत्काल संभब नभए पनि आफनै समुदाएका सदस्यहरुले यस रोग बाट जितेर आएका अनुभबहरु र यसबाट बच्नको लागी हामीले अपनाउनु पर्ने साबधानि का धेरै उपायहरु बारे जानकार हुनु का साथै हाम्रो प्रतिरक्षा प्रणालीलाई बढाउन दैनिक खानपिनका बारे जानकारी हुनु र नित्य व्यायाम बाट पनि यसलाई हद सम्म नियन्त्रण गर्न सकिन्छ भन्ने बिश्वास हुनु पनि महत्वपुर्ण पक्ष रहेको छ।

त्यसै गरि हाम्रो समुदायका सहयोगी समुहहरुका साथीहरुले आफुलाई जोखिममा राखेर पनि समुदायमा गरेको मानबिय सेवा र सहयोगले पनि हाम्रो मन मस्तिष्कमा रोग संग लडन सकिन्छ र बाचिन्छ भन्ने बिश्वासले परेको सकारातमक प्रभाब नै अहिले आशाको धरोहर मान्न सकिन्छ।

आशा गरौ अबको केहि दिनमा अर्थात १ महिना भित्र हाम्रा घरका ढोकाहरु खुल्ने छन, शहरहरु खुल्नेछन, व्यापार व्यबसाय सुचारु हुनेछन, हामी सोसियल डिस्टेन्स राखेर भए पनि हाम्रो कामको गती क्रमश बढाउदै जानेछौ।

हाम्रा ईष्ट मित्रहरुको अनुहार प्रत्यक्ष देख्न, भेटन र हेर्न पाउनेछौ। हाम्रो समाजका हिरोहरुले केहि दिन बिश्राम लिनेछन र फेरी एउटा नयाँ जीवन को सुरुआत हुनेछ !!

 

प्रतिक्रिया