एनआरएनएले गैरआवासीय नेपाली लेखकहरुको अभिलेख तयार गर्ने

इनेप्लिज २०७७ वैशाख १५ गते २२:३१ मा प्रकाशित

नेदरल्यान्ड प्रवासमा नेपाली भाषा साहित्यको लागि कार्यरत गैरआवासिय नेपाली लेखकहरुको अभिलेख तयार गर्ने निर्णय एनआरएनएनको भाषा , साहित्य , सस्कृती र सम्पदा समितिले गरेको छ ।

सो का लागि समितिका सहअध्यक्ष हरि पौडेल ( नेदरल्यान्ड ) को संयोजकत्वमा एक समिती गठन गरि कार्य प्रारम्भ गरेको छ ।

समितिका अध्यक्ष हिक्मत थापाले संसार भर फैलिएका नेपाली कवि , लेखकहरुलाई समितिले तयार पारेको विवरण सुचि अनुरुप आफ्नो विवरण पठाइदिन हुन अनुरोध गर्नु भएको छ ।

साथै यस कार्यमा सहयोग गरि दिन एनआरएनएका सबै रास्ट्रीय समन्वय समिति लगायत प्रवासमा क्रियाशिल सबै साहित्यिक संघ सस्थाहरुलाई आग्रह गर्नु भएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया