अनाथालयको अक्षयकोषमा ५१ हजार सहयोग

संजय मित्र २०७७ वैशाख १४ गते १२:०९ मा प्रकाशित

रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयको अक्षयकोषमा ५१ हजार रुपैया नगद सहयोग गरिएको छ ।गरुडामा संचालित अनामिका हस्पिटल प्रा.लि.का प्रमुख डा.आरबी प्रसादका पिता श्रीनारायण साहले अनाथालयका संस्थापक वंशीराम जयसवालको हातमा नगदै हस्तान्तरण गरेका हुन्।

अनाथालयका संचालक तथा बालबालिकालाई गत आठ वर्षदेखि निःशुल्क औषधोपचार अनामिका हस्पिटलले गर्दै आएको छ । अनाथ बालबालिकाको भरणपोषण र स्वास्थ्योपचारको लागि एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेकोमा हस्पिटलको तर्फबाट साहले ५१ हजार रुपैया नगदै सहयोग गर्दै आफूहरुको तर्फबाट विभिन्न किसिमको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच अनाथालयको तर्फबाट डा.आरबी प्रसादका मातापितालाई दोसल्ला ओढाई सम्मानित गरिएको छ । अनाथालयका वर्तमान अध्यक्ष भुवनेश्वरराम जयसवालले साह दम्पत्तिलाई सम्मानित गरेका हुन्।

प्रतिक्रिया