शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:५१
वासिङटन डिसी 18:06

मेरील्याण्डमा कोरोनाभाइरसको प्रतिबन्ध ३ चरणमा हटाइने

इनेप्लिज २०७७ वैशाख १३ गते २:३५ मा प्रकाशित

मेरील्याण्डमा कोरोनाभाइरसको प्रतिबन्ध ३ चरणमा हटाइने भएको छ । मेरील्याण्डका गभर्नर ल्यारी होगनले राज्यले केही व्यवसायहरू खोल्न र बिस्तारै कोरोनाभाइरस प्रतिबन्ध हटाउन शुरू गर्न सक्छ भने । उनले अर्को महिनामा ३ चरण अन्तर्गत खोल्न सकिने शुक्रबार बताएका छन् ।

तर भाइरससँग सम्बन्धित अस्पतालमा भर्ना र मृत्युको संख्या कम हुदै गएमा मात्र पुन: खोल्ने काम हुने उनले बताए ।

होगनले “मेरील्यान्ड स्ट्रोंग :रोडम्याप टु रिकभरी” घोषणा गरे र यसलाई “हाम्रो राज्यको जनताका लागि राम्रो सोचविचार, क्रमिक, सुरक्षित र प्रभावकारी मार्ग” भनेर ब्याख्या गरेका छन ।

गभर्नरको योजना यस्ता छन् :

“यदि हामीले यसमा हतार गर्ने प्रयास गर्यो र सोचविचार र जिम्मेवार ढंगले गरेनौं भने यसले भाइरसको पल्टाउने अवस्था निम्त्याउन सक्छ । जसले आर्थिक सङ्कटलाई गम्भीर बनाउन, वित्तीय समस्याहरूलाई लम्बाउन र हाम्रो आर्थिक सुधारलाई ढिलो गर्न सक्छ, ” उनले भने ।

तीन चरणहरूमा यस्ता छन् :

पहिलो चरण

स्टे-एट-होम अर्डर हटाउन सकिन्छ(घरमै बस्ने आदेश)
धेरै साना व्यवसायहरू पुन: खोल्न सकिन्छ
कम जोखिम समुदाय गतिविधिहरू र जीवनको गुणस्तर सुधार पुनः सुरु गर्न सकिन्छ
यस चरणले गोल्फ मैदानको पुन: खोल्न,मनोरन्जनकारी डुंगा र माछा मार्ने काममा जान सकिन्छ
बहिरंगका बिरामीलाई शल्य क्रियाहरु पुनःसुरु गर्न सकिनेछ
थप रूपमा, स्थानीय सरकारहरू स्थानीय उद्यान (पार्क) खेल मैदान, मनोरन्जन केन्द्रहरू र पुस्तकालयहरू खोल्नको लागि अतिरिक्त लचिलोपन हुन् सक्छ यदि सुरक्षा शिष्टाचार अनुसरण गरिएको छ।

दोश्रो चरण

अधिक व्यवसायहरू फेरि खोल्न सकिन्छ
अनावश्यक कामदारहरू जसले टेलिवर्क(दूर संचार प्रणाली)बाट गर्न सक्दैनन् काममा फर्कन सक्दछन्
अन्तरंग धार्मिक जमघटहरू सीमित क्षमताको साथ फेरि सुरू गर्न सकिन्छ
सामाजिक जमघटमा सीमितता बढाउन सकिन्छ
सामान्य कारोवारको कार्यतालिकामा फर्कन सक्छ
चमेनागृह र मधुशाला (रेस्टुरेन्ट र बार)हरू “महत्वपूर्ण प्रतिबन्धहरू” को साथ खोल्न सक्छन्

तेश्रो चरण

केहि “उच्च जोखिम गतिविधिहरू”, ठूला सामाजिक जमघटहरू सहित पुन: स्थापना गर्न सकिन्छ
उच्च क्षमता बारहरू र रेस्टुरेन्टहरू (चमेनागृह र मधुशाला)फेरि खोल्न सक्छन्
निजि अस्पताल र अस्पतालहरूमा जाने केही प्रतिबन्ध हटाउन सकिन्छ
मनोरन्जन स्थलहरू र ठूला जमघटहरूमा केही प्रतिबन्ध हटाउन सकिन्छ

कुनै पनि तीन चरणमा विद्यालयहरूको पुनःसुरु हुने कुराको उल्लेख गरिएको छैन। बिद्यालयहरूको सम्बन्धमा यो योजनामा ​​भनिएको छ: “गभर्नरले बिद्यालयको राज्य अधिक्षकसाथै क्षेत्र बिद्यालय अधिक्षक(सुपरिटेन्डेन्ट)हरूसँग मेरीलल्याण्डभरि शैक्षिक र बाल हेरचाह सुविधाको सुरक्षित प्रयोगको मुल्यांकन गर्न परामर्श जारी राख्नेछ।”

श्रोत :डब्लुटिओपी

तस्बिर :डीसिस्ट

प्रतिक्रिया