मुख्यमन्त्री राईलाई वल्र्ड भिजनद्वारा रु ३४ लाख बरावरको स्वास्थ्य सामाग्री प्रदान

मनोज दाहाल २०७७ वैशाख १२ गते २२:१४ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर १२ वैशाख । प्रदेश नं १ को सरकारलाई वल्र्ड भिजन इन्टरनेशनलले रु ३४ लाखको बरावरको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट लगायतका स्वास्थ्य सामाग्री आज यहाँ हस्तान्तण गरिएको छ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई २१५ बटा पीटीई सेट, ३२ थान आईआर थर्मामिटर लगायतका सामाग्री वल्र्ड भिजन इन्टरनेशनल पुर्व क्षेत्रीय व्यवस्थापक विनय अमात्यले हस्तान्तरण गर्नुभयो।

हस्तान्तरण गरिएका सामाग्रीहरुमा एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टीभ क्लोथ, इलेक्ट्रोनिक थर्ममिटर, ग्लोब्स, ह्याण्ड सेनिटाईजर लगायतको १० प्रकारका विभिन्न सामाग्री सहित २ सय १५ थान पीपीई सेट रहेको वल्र्ड भिजन फिल्ड कार्यालयका प्रमिल अधिकारीले जानकारी दिनुभयो।

सो अवसरमा मुख्यमन्त्री राईले कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश सरकारको राम्रो तयारी गरिरहेको बताउनु भयो । उहाँले परिस्थितिलाई कावु भित्र राखिएकोले अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नभएको धारणा राख्नु भयो । मुख्यमन्त्री राईले पछिल्लो समय प्रदेशमा कोरोना भाईरसको सङ्क्रमणको सख्यामा वृद्धि भएको र अझै बढ्न सक्ने आङ्कलन समेत रहेको छ भन्नु भयो । उहाँले प्रदेशमा कोरोना भाईरस नियन्त्रणमा सवै एकढिक्का भएर काम गरिरहेको रोकथामका लागि सवै क्षेत्रबाट उल्लेखनीय सहयोग प्राप्त भईरहेको जानकारी दिनु भयो । मुख्यमन्त्री राईले प्राप्त स्वास्थ्य सामाग्री अग्रभागमा रहेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर वितरणको व्यवस्था मिलाईने बताउनुभयो।

मुख्यमन्त्री राईले सरकारलाई वल्र्ड भिजनबाट अहिले सम्मकै उल्लेख्य सामाग्री प्राप्त भएकोमा खुशी व्यक्त गर्नु भयो।

वल्र्ड भिजनका व्यवस्थापक अमात्यकले सामाग्री हस्तान्तरण गर्दै आगामी दिने थप सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै मोरङ, सुनसरी र उदयपुरका जिल्ला विपद् व्यवस्था समितिलाई ३०÷३० थान पिपीई सेट र चार÷चार थान थर्मामिटर गन हस्तान्तरण गरिएको जानकारी गराउनु भयो।

व्यवस्था अमात्यले यसअघि भिजनले सङ्घीय सरकारलाई एक हजार थान पिपीई सेट उपलव्ध गराएको बताउनु भयो ।

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया